२०८३ बैशाख २० गते , आईतबार

हटाइएका विद्युत प्राधिकरणका दुई सञ्चालकलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २४ गते , विहीबार
हटाइएका विद्युत प्राधिकरणका दुई सञ्चालकलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

झापा सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालक सदस्यलाई हटाउने सरकारको निणर्य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको बिहीबार न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासले प्राधिकरणबाट हटाइएका दुई सदस्यहरूलाई काममा पुनर्बहाली गर्न समेत आदेश दिएको हो

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दुई सदस्यहरू कपिल आचार्य भक्तबहादुर पुनलाई हटाएर उनीहरूको स्थानमा महेन्द्रबहादुर गुरुङ देवेन्द्र कार्कीलाई नियुक्त गरेको थियो   मन्त्रालयले साउन १८ गते उनीहरूलाई पदबाट हटाएको थियो

सरकारले प्राधिकरणको सञ्चालक समितिबाट हटाइएपछि आचार्य   पुन सर्वोच्च पुगेका थिए

अर्बौ बक्यौता रहेको उद्योगमा विद्युत लाईन जडान गर्न केपी ओलीले दिएको निर्देशन कार्यान्वयनमा असहयोग गरेका कारण आचार्य पुनलाई सरकारले हटाएको थियो

सम्बन्धित समाचार