२०८३ बैशाख २० गते , आईतबार

टिकाराम नेपाललगायतले श्रीमान बेपत्ता बनाएको भन्दै खोजी गरिदिन आग्रह

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २४ गते , विहीबार
टिकाराम नेपाललगायतले श्रीमान बेपत्ता बनाएको भन्दै खोजी गरिदिन आग्रह

बिर्तामोड झापाको भद्रपुर- निवासी एलिसा बुढाथोकी सिटौलाले आफ्ना श्रीमान प्रमोद सिटौलालाई केहि व्यक्तिहरुले बेपत्ता बनाएको भन्दै सकुशल घर फर्काइदिन आग्रह गरेकी छन् टिकाराम नेपाल 'नेति, स्वागत नेपाल तुलसी उप्रेतीले सिटौलालाई घरबाटै लिएर गएको हालसम्म सम्पर्क बाहिर रहेको भन्दै घर फर्काइदिन आग्रह गरेकी हुन्  

बिहीबार सिटौला परिवारले बिर्तामोडमा पत्रकार सम्मेलन गरी साउन १६ गते विहान ८ः३० बजे सिटौलालाई घरबाटै कार्यालय पुर्याईदिने भन्दै अपहरण शैलिमा लगेर बेपत्ता बनाएको घटनाले परिवार विक्षिप्त भएको जनाएको टिकाराम नेपाल 'नेति ,स्वागत नेपाल अश्विन फर्माका सञ्चालक तुलसी उप्रेतीले बेपत्ता बनाएको भन्दै प्रमोदलाई सकुशल घर फर्काइदिन श्रीमती एलिसाले आग्रह गरिन् सिटौंला परिवारले बैंकको कारोवारलाई लिएर मान्छे नै बेपत्ता बनाउने कार्य भएको भन्दै सरोकारवाला सबैलाई प्रमोदको खोजी गरिदिन आग्रह गरेको हो

गत साउन १६ गते बैंकमा भएको कारोवारको विषयलाई लिएर नेतिसहित तीन जनाले प्रमोदलाई घरबाट नै अपहरण शैलीमा बिर्तामोड लिएर आएको सिटौला परिवारको दावी १६ गते विहान ५ः३४ बजे फोन गरी प्रमोदलाई नेतिसहितले  ३४९७ नम्वरको खैरो रंगको कारमा लिएर गएको, ७ः३० बजे घर लिएर आएको   फेरी ८ः३० बजे कार्यालय छाडिदिने भन्दै लिएर गएको एलिसाले पत्रकार सम्मेलनमा जानकारी दिइन् सोहि दिन १० बजेर १७ मिनेटमा वुहारी एलिसाको नम्वरमा फोन गर्दै नेतिले ९८५२६४०००० नम्बरको मोबाइलबाट फोन गरी धम्कीपुर्ण शैलीमा उल्टै प्रमोद घर आयो भन्दै सोधेको आमा पवित्राको भनाई । 

प्रमोदलाई बेपत्ता बनाएको विषयमा जिल्ला प्रहरी कार्यालय झापालाई पटक-पटक आग्रह गर्दासमेत प्रहरीले जाहेरी लिन नमानेको प्रमोदका मामा कृष्ण प्रसाईले बताए उनले भने'यदि प्रमोदले गल्ती गरेको भए कारवाही हुनु पर्छ तर मानिसलाई विनाकारण वेपत्ता पार्नु भएन नि ?

वेपत्ता पारिएका भान्जाको खोजी गरिदिन प्रहरीसँग आग्रह गर्दा प्रहरीले निवेदन नै लिन नमान्नु खेदजनक भएको उनको भनाई

पत्रकार सम्मेलनमा बोल्दै सिटौला समाजका अध्यक्ष प्रेमप्रकाश सिटौलाले कानूनी राज्यमा दिनदहाडै ब्यक्ति वेपत्ता पार्नु हाम्रो मानिस वेपत्ता बनाइयो भन्दै प्रहरीकहाँ निवेदन लिएर जाँदा निवेदन नै दर्ता नगर्नु आपत्तिजनक विषय भएको बताए

पत्रकारसमेत रहेका नेतीले श्रीमती मञ्जुकुमारी नेपालको नाममा प्रभु बैंक बिर्तामोड शाखामा एक करोड १७ लाख रुपैयाँ डिपोजिट गरेको सो रकम हिनामिना भएको दावी गर्दै आएका छन् तर, प्रभु बैंकले मञ्जुकुमारी नेपालले रकम दावी गरिरहेको मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट स्टेटमेन्ट अनाधिकृत रहेको बताउँदै आएको

बैंकले विज्ञप्ति जारी गर्दै उक्त मुद्दती रसिद, व्यालेन्स सर्टिफिकेट स्टेटमेन्ट अनाधिकृत एवं नक्कली रहेको धारणा सार्वजनिक गरेको हो

यता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले भने प्रमोदको खोजी भइरहेको देशभर सर्कुलर जारी गएको बताए

सम्बन्धित समाचार