२०८३ बैशाख २० गते , आईतबार

दुई पटकको दुर्घटनामा मृत्यु जितेका क्याप्टेन मल्ल तेस्रो पटक हारिछाडे

यस अघि कहाँ कहाँ भएको थियो दुर्घटना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २३ गते , बुधबार
दुई पटकको दुर्घटनामा मृत्यु जितेका क्याप्टेन मल्ल तेस्रो पटक हारिछाडे

बिर्तामोड बुधबार दिउँसो १:५४ बजे काठमाण्डौबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एअर डाइनेस्टीको नाइनएन-एजेडी एअरबस हेलिकप्टर दुर्घटना हुँदा चार चिनियाँ पर्यटकसँगै क्याप्टेन अरुण मल्लले ज्यान गुमाए नुवाकोटको शिवपुरी गाउँपालिका-७, सूर्यचौर जङ्गलमा भएको उक्त दुर्घटनामा क्याप्टेन मल्लसहित पाँचै जनाको मृत्यु भएको हो

बुधबार ज्यान गुमाएका क्याप्टेन मल्ल हेलिकोप्टर उडानमा निकै अनुभवी पोख्त पाइलटका रूपमा चिनिन्थे मल्लले यसअघि नै दुई पटक हेलिकप्टर दुर्घटनामा परी मृत्युसँग साक्षात्कार गरेका थिए

पहिलो घटना

मल्लले पहिलो पटक २०७० असोज १० गते बिहान बजेर २० मिनेट जाँदा सोलुखुम्बुकै लुक्लामा मृत्युलाई पराजित गरेका थिए दुई यात्रु लिएर तेञ्जिङ हिलारी विमानस्थलको हेलिप्याडमा ल्याण्ड गर्न खोज्दा मल्लले उडाएको हेलिकप्टर विमानस्थलको तारबारमा ठोक्किएको थियो

त्यतिखेर मल्लले डाइनेस्टी हेलिसर्भिसेसको नाइनएन-एइएक्स हेलिकप्टर उडाएका थिए उक्त दुर्घटनामा दुई यात्रु घाइते भएका थिए भने क्याप्टेन अरुण सोनाम छिरिङ शेर्पाको सकुशल उद्दार भएको थियो

दोस्रो घटना

क्याप्टेन मल्ल दोस्रो पटक २०७९ चैत २९ गते हवाई उडानकै क्रममा मृत्युमाथि हावी हुन सफल भएका थिए आज नुवाकोट सूर्यचौरमा दुर्घटना भएकै हेलिकोप्टर त्यस दिन ह्याम्स अस्पतालको छतमा अवतरण क्रममा दुर्घटनामा परेको थियो

उक्त दिन क्याप्टेन मल्लले त्रिभुवन विमानस्थलबाट उडाएर ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर अवतरण गराउँदै थिए बिरामी लिन चितवन भरतपुरतर्फ जान चिकित्सक टोली लिन उनी अस्पतालको हेलिप्याडमा पुगेका थिए तर अवतरण गर्न खोज्दा हेलिकप्टर ठोक्किएर टेल रोटर भाँचिएको थियो उक्त दुर्घटनामा कसैलाई पनि चोटपटकभने लागेन

हेलिकप्टर उडानमा ३५ वर्ष लामो अनुभव भएका क्याप्टेन मल्लले बुधबार दिउँसो भएको दुर्घटनामा भने मृत्युलाई हराउन सकेनन् दुर्घटनामा क्याप्टेन मल्लसहित चिनियाँ पर्यटकहरू जुदाड टाङ (पुरुष), जिली (पुरुष), जेमिङ सी (पुरुष) यियाद वु (महिला) ले ज्यान गुमाए

सम्बन्धित समाचार