कनकाईमा विद्युतीय शवदाह गृह निर्माणसम्बन्धि अन्तरक्रिया
सुरुङ्गा । झापाको कनकाई आर्यघाटमा विद्युतीय शवदाह गृह निर्माण गर्ने बिषयमा सरोकारवालासँग आज अन्तरक्रिया सम्पन्न भएको छ । कनकाई नगरपालिकाको आयोजना तथा कनकाई घाट ब्यवस्थापन समितिको सह-आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
सरोकारवालाहरुले पूर्वकै ठूलो मध्ये एक कनकाई घाटमा वातावरण मैत्री शवदाह गृह सञ्चालनसम्बन्ध आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले कनकाईमा विद्युतीय शवदाह गृह निर्माणका लागि कोशी प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको र सवैले सहयोग गरेर बातावरणमैत्री शवदाह गृह बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सुरेश अग्रवाल, नवल किशोर दत्त, बिजेन्द्र अग्रवाल, दुर्गाप्रसाद चापागाईलगायतले वातावरणमैत्री शवदाह गृहसम्बन्धी जिज्ञाशा राखेका थिए ।
नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा भारतको दिल्लीस्थित पर्यावरण एवम् वन सुरक्षा समिति तथा रोटरी क्लव अफ गाजियाबाद नयाँ दिल्लीका अन्सुल गर्ग र रोटरी क्लब अफ डिल्लीबजार काठमाण्डौका उपाध्यक्ष युवराज रोक्काले सहजीकरण गरेका थिए ।
कार्यक्रममा कनकाईकी निमित्त प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल, कनकाई घाट व्यवस्थापन समिति अध्यक्ष बेदप्रकाश अग्रवाल, नगर विपत व्यवस्थापन समिति संयोजक तथा नगर बालकल्याण अधिकारी उमानाथ ढकाल, नगरका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुसहित जनप्रतिनिधि, नगरका सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधि, रोटरी क्लब अफ सुरुङ्गालगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।