२०८३ बैशाख २० गते , आईतबार

युवा नेता कडरियाको कृषि कर्म एक, उद्धेश्य अनेक

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २२ गते , मंगलबार
युवा नेता कडरियाको कृषि कर्म एक, उद्धेश्य अनेक

बिर्तामोड। कतिपय नेता राजनीतिलाई नै पेशा बनाईरहँदा नेकपा माओवादी केन्द्रका युवा नेता सीपी कडरिया राजनीतिसँगै व्यवसायिक कृषि कर्ममा व्यस्त छन् । कुनै बेला राज्यसत्ता परिवर्तनका लागि बम र बन्दुक बोकेर पार्टीको पूणर्कालीन कार्यकर्ता बनेका युवा नेता कडरिया यतिबेला व्यवसायिक किवी र लौठ सल्ला खेतीमा रमाइरहेका छन्

पार्टीको २०६९ माघमा हेटौंडामा सम्पन्न सातौं महाधिवेशनले सबै नेतालाई उत्पादनमा जोडिन निर्देश गरेपछि कडरिया सात जना युवाहरूको समूह बनाएर सामूहिक रुपमा किवी र लौठ सल्ला खेतीमा लागेका हुन्। माओवादी केन्द्र झापाका सह-इञ्चार्ज कडरिया सबै पार्टीका नेता कार्यकर्ताले उत्पादनमा जोडिनुपर्नेमा जोड दिन्छन्

राजनीति सेवा हो, पेशा होइन,’ उनले भने, ‘नेता अब उत्पादनमा नजोडिने हो भने राजनीति सफा हुन सक्दैन, भ्रष्टाचार अझै मौलाउँछ बेरोजगारी घटाउने, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्ने र व्यवसायिक कृषिमा प्रविधि भित्र्याउने उद्देश्यले आफूहरूले कृषि व्यवसाय रोजेको कडरिया बताउँछन्। एक अध्ययनले अबको केहि दशकभित्र सबै खाली जमिनमा कृषि उपज लगाएर उत्पादन नबढाउने हो भने भोकमरी समस्या आउन सक्ने औँल्याएकाले पनि कृषि कर्ममा आफुहरुलाई प्रेरित गरेको उनको भनाई छ ।

सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालिमार्फत उनीहरुले इलामको सन्दकपुर गाउँपालिका-२ मा तीन सय रोपनी जग्गामा उनीहरुले किवी र लौठ सल्लाको खेती गरिरहेका हुन्। तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किवी र बाँकी जग्गामा लौठ सल्ला लगाइएको छ। किवीको बजार राम्रो भएको मिठो फल भएको र लौठ सल्ला क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधीको महंगो कच्चा पदार्थ भएकाले सो खेती गरिएको उनी बताउँछन् ।

कृषि क्षेत्रमा भविष्य देखेपछि सीपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किवी र लौठ सल्लाको खेती गर्ने योजना बनाएका थिए

मुलुकको कूल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ। सरकारले पनि दीगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको कडरिया बताउँछन्। उनले भने, ‘हामी कृषिप्रधान मुलुक भन्छौं, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौं

मुलुकको आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनको भनाइ छ। २०७२ सालमा शुरु गरिएको किवी र लौठ सल्लामा हालसम्म तीन करोड लगानी भइसकेको उनको भनाई छ। कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिनपनि यो क्षेत्र रोजेको उनी बताउँछन् ।

गत वर्षदेखि किवी उत्पादन शुरु भएको छ, यो वर्ष देखि हामी लगानी बन्द गर्छौं,’ उनले भने, ‘अर्को वर्षदेखि खर्च अनुपातमा उत्पादन हुने र त्यसपछि नाफा हुने अपेक्षा छ

एउटा किवीको बोटले तीन वर्षदेखि ३५ बर्षसम्म उत्पादन दिने उनको भनाइ छ। एउटा बोटमा वार्षिक पाँच सयदेखि छ सय रुपैयाँ लगानी हुने जनाइएको छ। एउटा बोटबाट वार्षिक ५० केजीसम्म उत्पादन हुने कडरियाले बताए

उनीहरुले बार्षिक मौसमी करिब १ हजार कर्मचारीलाई रोजगारी दिने बताउँछन् ।

गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउँछन्। ‘इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्यांक छ, उनले भने, ‘उत्पादन अझै बढ्दै जाने देखिन्छ

नेपाली कृषकले किवी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नु परेको उनको अनुभव छ। उत्पादनस्थलदेखि बजारसम्म पुर्‍याउन ‘कोल्ड चेन जरुरी हुने उनले बताए। ‘भण्डारण, ढुवानीका लागि उचित व्यवस्था नहुँदा कृषकले उत्पादन गरेको किवी चाँडै बिग्रिने समस्या देखिएको छ,’ उनले भने, ‘जसले गर्दा कृषकले मूल्य पाएका छैनन्, बजार पनि खस्किएको छ

बेमौसममा नेपालमा न्युजील्याण्डबाट किवी आयात हुने गरेको कडरिया बताउँछन्। विश्व बजारको ५३ प्रतिशत हिस्सा न्युजील्याण्डमा उत्पादन हुने किवीले ओगटेको उनको भनाइ छ। ‘नेपालमा उत्पादन हुने किवीको स्वाद राम्रो छ,’ उनले भने, ‘किवी उत्पादन गरेर विश्व बजारमा पुर्‍याउने योजनाका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौं नेपालको पनि इलाममा उत्पादित किवीको स्वाद मिठो हुने उनको भनाई छ ।

कृषकको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शितभण्डार गृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताए। ‘राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ,’ उनले भने, ‘वास्तविक कृषकले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन्।’

किवी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ। जसका लागि परागसेचनको महत्वपूणर् भूमिका हुन्छ। हावा र माहुरीको भरमा परागसेचन हुँदा किवी खेतीमा चुनौती देखिएको कडरियाले बताए। परागसेचनका लागि चीन र न्यूजील्याण्डले अपनाएको प्रविधि नेपालमा ल्याउन जरुरी भएको उनी बताउँछन्

सम्बन्धित समाचार