२०८३ बैशाख २० गते , आईतबार

नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक फर्काइए

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २२ गते , मंगलबार
नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक फर्काइए

विराटनगर मोरङको रानी नाकाहुँदै नेपाल छिर्न खोज्ने एक बंगलादेशी नागरिकलाई नेपाली सुरक्षाकर्मीले भारत तिरै फर्काइदिएका छन् नेपाल प्रहरी सशस्त्र प्रहरी बल (एपीएफ)को संयुक्त टोलीले सीमा क्षेत्रमा चेकजाँच गर्ने क्रममा बंगलादेशी नागरिक ४६ वर्षीय उत्तम सर्कारलाई मंगलबार दिउँसो भारततिरै फर्काइदिएका हुन्

कोशी प्रदेश प्रहरी कार्यालयका एक अधिकृतका अनुसार ती बंगालदेशी नागरिक भारतको जोगवनी हुँदै रानी नाकाबाट नेपाल छिर्ने प्रयासमा थिए त्यसको सुइको पाएपछि प्रहरीले ४६ वर्षीय सर्कारलाई प्रवेशमा रोक लगाएको हो

बंगलादेशमा राजनीतिक संकट चुलिएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिँदै देश छाडेर भारत पुगेकी छन् लगत्तै बंगलादेशको सेनाले छिट्टै अन्तरिम सरकार गठन गर्ने घोषणा गरिसकेको

बंगलादेशको राजनीतिक घटनाक्रमपछि नेपाल सरकारले पनि सीमा क्षेत्रबाट गैरकानुनी घुसपैठसम्मको असर नेपालसम्मै देखिने आकलनसहित सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्न सबै सुरक्षा निकायलाई सोमबार नै निर्देशन दिएको थियो

गृह मन्त्रालयको निर्देशनपछि नेपाल प्रहरी सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा जाँचमा कडाई गर्नुका साथै आवागमनमा निगरानीदेखि सम्भावित घुसपैठ रोक्न नियमितबाहेक अतिरिक्त सुरक्षा जनशक्तिसमेत परिचालन गरिसकेका छन् मंगलबार पनि प्रहरी सशस्त्रको संयुक्त जाँचका क्रममा बंगाली नागरिक सर्कार गैरकानुनी रुपमा नेपाल छिर्न खाजेको पाइएको थियो

सम्बन्धित समाचार