२०८३ बैशाख २० गते , आईतबार

आफु मरेर यात्रु जोगाउने चालकलाई सरकारले सम्मान गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २२ गते , मंगलबार
आफु मरेर यात्रु जोगाउने चालकलाई सरकारले सम्मान गर्ने

काठमाण्डौ चितवनको नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ला तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको , भट्टराईले भने

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अर्का एक अधिकारीका अनुसार ती चालकलाई विभूषणसहित सम्मान गर्ने प्रस्ताव कार्यकारी समितिमा पेस भएको थियो

सम्बन्धित समाचार