२०८३ बैशाख २० गते , आईतबार

बंगलादेशको प्रधानमन्त्रीले देश छाडेपछि कोशीको सीमानाकामा कडाई

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २१ गते , सोमबार
बंगलादेशको प्रधानमन्त्रीले देश छाडेपछि कोशीको सीमानाकामा कडाई

झापा आरक्षण विरुद्धको आन्दोलनले उग्ररुप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेको घटनाबारे नेपालको केन्द्रीय सुरक्षा समितिमा छलफल भएको

गृह मन्त्रालयमा आयोजित केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री रमेश लेखक, सचिव एकनारायण अर्याल, आईजीपी  वसन्त कुँवर, सशस्त्रका आईजी राजु अर्याल राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए

सुरक्षा समितिमा बंगलादेशको आन्दोलनको असर नेपालमा पनि पर्नसक्ने आकलन गर्दै सीमा नाकामा कडाइ गर्ने सुरक्षा सतर्कता बढाउनेबारे छलफल भएको सुरक्षा समितिमा सहभागी एकजना उच्च अधिकृतले बताए

सुरक्षा समितिमा छलफल भएपछि कोशी प्रदेशका झापा, मोरङ सुनसरीका सीमा नाकामा कडाइ गरिएको निगरानी चेकजाँच बढाउन भनिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले भने, पूर्वक्षेत्र बाहेक अरू प्रदेशमा पनि शंकास्पदहरुको निगरानी गर्न सर्कुलर गरिएको

बंगलादेशमा आरक्षणको विरोधमा भएको प्रदर्शनमालक्षित समूह व्यक्तिहरू भारतमा बस्ने बंगालीहरु नेपालमा आउने सक्ने सुरक्षा आकलन नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्–‘रोहिंगाहरु पनि भारतको बाटो हुँदै नेपाल आउलान् भनेर सुरक्षा सतर्कता अपनाउन भनिएको

सम्बन्धित समाचार