२०८३ बैशाख २० गते , आईतबार
ताप्लेजुङ केन्द्रबिन्दु भएर भूकम्प गयो
मोड । ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । ताप्लेजुङको आङखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ४:०४ मा ताप्लेजुङको आङखोप आसपास केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि साउन १३ गते ताप्लेजुङकै खेजनिम आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।