२०८३ बैशाख २० गते , आईतबार

पतञ्जली नगर समितिले मनायो जडिबुटी दिवस तथा आचार्य बालकृष्णको जन्मोत्सव

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २० गते , आईतबार
पतञ्जली नगर समितिले मनायो जडिबुटी दिवस तथा आचार्य बालकृष्णको जन्मोत्सव

बिर्तामोड । झापाको बिर्तामोडमा जटिबुटी दिवस तथा आयुर्वेद शिरोमणी आचार्य बालकृष्णको जन्मोत्सव मनाइएको छ । अगष्ट ४ मा पर्ने जडिबुटी दिवस तथा पतञ्जली योगपिठका संस्थापक सचिव तथा पतञ्जली आयुर्वेद लि.का अध्यक्ष आचार्य बालकृष्णको जन्मोत्सव मनाइएको हो ।

पतञ्जली योग नगर तथा महिला पतञ्जली योग नगर समिति बिर्तामोडको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा दीप प्रज्वलन, वृक्षारोपण तथा हवन गरिएको पतञ्जली योग नगर समिति बिर्तामोडकी महामन्त्री अनिता गौतम ठकुरीले जानकारी दिइन् ।

कार्यक्रममा समाजसेवी जितेन्द्र बस्नेतले शुभकामना मन्तव्य राखेका थिए ।

महिला पतञ्जली योग नगर समिति अध्यक्ष निर्मला अग्रवालको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पतञ्जली योगपीठका आजीवन सदस्य तथा योग जिल्ला समितिका कोषाध्यक्ष जगन्नाथ खनालले प्रष्ट पारेका थिए भने सचिव दुर्गा थपलियाले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।  

सम्बन्धित समाचार