२०८३ बैशाख २० गते , आईतबार

माईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १८ गते , शुक्रबार
माईमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

बिर्तामोड इलामको माई नगरपालिका गरुवा पुलस्थित बिर्तामोडमहमाई भित्री सडकखण्डमा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको भने दुईजना घाइते भएका छन्

आज साँझ ५ः३० बजे शुक्रबारेबाट सितलीतर्फ जाँदै गरेको ना ४८ ८६३८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलमा ठक्कर खाई दुर्घटना भएको प्रहरीले जनाएको दुर्घटनामा मोटरसाइकलको बीचमा सवार माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष अन्दाजी २६ का दिनेश कार्कीको मृत्यु भएको हो उनलाई उपचारका लागि बिर्तासिटी हस्पिटल बिर्तामोड ल्याइएकोमा साँझ बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको

त्यस्तै मोटरसाइकल चालक माई नगरपालिका १० गजेनी भञ्ज्याङ बस्ने वर्ष ३२ का बिनोद लिम्बूको टाउकोमा चोट, बाँया खुट्टा फ्याक्चर भएको, अवस्था गम्भीर सोही मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने वर्ष १६ का रोशन लिम्बूको बाँया हात मुखमा चोट, अवस्था मध्यम रहेको ती दुवै घाइतेको बिर्तासिटी हस्पिटलमै उपचार भइरहेको मोटरसाइकल प्रहरी चौकी दानाबारीले नियन्त्रणमा लिएको जनाएको

सम्बन्धित समाचार