२०८३ बैशाख २० गते , आईतबार

कनकाई बिर्ता अर्जुनमा लगानी बालुवामा पानी : मासिक साढे १३ लाख खर्च, आम्दानी शुन्य

sajilo news
पुष्प खड्का
२०८१ श्रावण १८ गते , शुक्रबार
कनकाई बिर्ता अर्जुनमा लगानी बालुवामा पानी : मासिक साढे १३ लाख खर्च, आम्दानी शुन्य

बिर्तामोड नगरको फोहोर व्यवस्थापन गरी मोहर कमाउने परिकल्पनाका साथ शुरु गरिएको कनकाई बिर्ता अर्जुन नवीकरणीय उर्जा तथा फोहोर मैला व्यवस्थापन कम्पनी लि. यति बेला भालुको कन्पट भएको कनकाई नगरपालिका सुकेडाँगीमा तामझामका साथ २०७६ वैशाख गते तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको बायोग्यास प्लान्ट निल्नु ओकल्नु बन्दै गएको हो

कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका मेचीनगर नगरपालिकामा उत्पादन हुने फोहोर व्यवस्थापन गरी बायोग्यास कम्पोष्ट मल उत्पादन गर्ने त्यसलाई बिक्री गरी आम्दानी गर्ने परिकल्पनाका साथ शुरु गरिएको कम्पनी पछिल्लो समय लगानीकर्ताहरुलाई घाँडो बन्दै गएको हो परिकल्पना अनुसार काम नहुँदा व्यक्ति, पालिका तथा दातृनिकायको करोडौँ रकम डुब्ने अवस्थामा पुगेको चार वटै पालिकाले करोड ५४ लाखका दरले लगानी गर्ने सम्झौता भएपनि बिर्तामोड बाहेक अन्य पालिकाले सम्झौता अनुसार लगानी गरेका छैनन् भने मेचीनगर नगरपालिकाले पैसा नै दिएको छैन

कम्पनीका प्रशासन प्रमुख गणेशबहादुर कार्कीका अनुसार कम्पनीमा बिर्तामोड नगरपालिकाले सम्झौता अनुसार करोड ५४ लाख, कनकाई नगरपालिकाले करोड ३६ लाख ८३ हजार दुई सय अर्जुनधारा नगरपालिकाले करोड ३९ लाख रुपैँया लगानी गरेका छन् बिर्तामोड नगरपालिकाले कम्पनीको घेराबारा निर्माणमा निवर्तमान नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले १५ लाख रुपैँया निकासा गरेको निजी कम्पनीमा अरु लगानी नगर्ने बताएपनि हालका नगरप्रमुख पवित्रा महतारा प्रसाईले बाँकी रकम निकासा गराएकी हुन्

कम्पनीलाई बैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रमार्फत विश्व बैंकले करोड ८९ लाख रुपैँया अनुदान दिइसकेको भने ५० लाख अनुदान दिने प्रक्रियामा रहेको कार्कीले जानकारी दिए उनका अनुसार सर्वसाधारणमार्फत कम्पनीले गत आवसम्ममा ६३७ जनाबाट करोड एक लाख ८० हजार रुपैँया शेयर रकम जम्मा गरेको कम्पनीले वित्तीय संस्थाबाट लिएको ऋण करोड ५० लाख रुपैँया बुझाउन बाँकी  

कम्पनीले सन्का खोलासँगै २० कठ्ठा ऐलानी ३८ कठ्ठा नम्बरी जग्गा खरिद गरी घेराबारा गरेको प्रशासन प्रमुख कार्कीको भनाई खोलासँगै गरिएको कम्पाउण्ड वाल बाढीका कारण भत्किएको

परियोजना अनुसारको दक्ष जनशक्ति, दीर्घकालिन योजना नगरपालिकाहरुले निर्माण गर्ने फोहोर मैला व्यवस्थापन नीति त्यसको कार्यान्वयनमा देखिएको उदासिनताका कारण कम्पनी समस्यामा परेको देखिएको

बायोग्यास प्लाण्टका लागि आवश्यक कुहिने फोहोर नगरपालिकाहरुले छानेर ढुवानी गर्ने सम्झौता भएपनि फितलो नीति कार्यक्रमका कारण पालिकाहरुले फोहोर ढुवानी गर्न सकेका छैनन् अस्पताल तथा घरबाट जम्मा हुने सेनेटरीजन्य पदार्थका कारण वातावरणमा प्रतिकुल असर परेको भन्दै स्थानीयबासीले कम्पनीमा फोहोर लैजान अवरोध गरेका थिए

कम्पनीमा फोहोर छुट्याउने सेग्रिगेटर मेसिन भएपनि दुर्गन्ध फैलिएको भन्दै स्थानीयबासीको अवरोधका कारण दुई महिनादेखि कम्पनीमा फोहोर जम्मा हुन नसकेको कार्कीले बताए

बिर्तामोड नगरपालिकाले कुहिने फोहोर बोक्ने छुट्टै गाडीको व्यवस्था गरेपनि फोहोर ढुवानी गर्न सकेको छैन

कम्पनीले आफ्नै गाडीमा राखेर बिर्तामोड कनकाईको कृषि बजारबाट फलफुलजन्य फोहोर संकलन गरिरहेको कार्कीले बताए दैनिक ४० मेट्रिक टन फाहोर खपत गर्न सक्ने प्लाण्ट भएपनि अहिले दैनिक मेट्रिक टन फोहोरमात्र संकलन भइरहेको कम्पनीले खर्च धान्नका लागि दैनिक २० मेट्रिक टनमाथि फोहोर प्रशोधन गर्न सक्नु पर्ने कार्कीको भनाई

तुहियो पाइपलाइन विस्तार योजना, उत्पादिन ग्यास प्रयोग गर्न कठिनाई

प्लान्टबाट उत्पादित ग्यास प्रयोग गर्न समेत कठिनाई देखिएको एलपी ग्यास प्रयोग गरिरहेका उपभोक्ताहरुका लागि बायोग्यास प्रयोग गर्न असहज देखिएको प्लाण्टबाट उत्पादन हुने ग्यासमा ९४९६ प्रतिशत मिथेन ग्यास हुने हाइ कम्प्रेसरले सिलिण्डर भरिने भएकाले एलपी ग्यास जस्तो सहज रुपमा भान्सामा प्रयोग गर्न नसकिने देखिएको कम्पनीले वितरण गर्ने सिलिण्डरमा एलपी ग्यासमा प्रयोग हुने रेगुलेटर नमिल्ने छुट्टै पीआरपी जोड्नु पर्ने जसले सिलिण्डरबाट निस्किएको ग्यासको प्रेसर कम गर्ने कम्पनीका प्रोजेक्ट इन्जिनियर रुपक कार्कीले जानकारी दिए

कम्पनीमा हाल ९० वटा सिलिण्डर रहेको परीक्षण प्रयोगका लागि कनकाईको होटल डिलाइट लोटसमा केहि सिलिण्डर पठाइएको उनले बताए

कम तौलको सिलिण्डर छुट्टै पीआरपी जडान गर्नु पर्ने भएका कारण एलपी ग्यास प्रयोगकर्ताले सहजै बायोग्यास प्रयोग गर्न सक्ने अवस्था देखिँदैन

कम्पनीले पाइपलाइनमार्फत एक हजार दुई सय घरमा ग्यास आपूर्ति गर्ने योजना बनाएको भएपनि त्यो सफल हुन सकेको छैन

पेभर्स उत्पादन गर्ने कम्पनीको योजना अन्योल

प्लाष्टिकजन्य नकुहिने फोहोरबाट कम्पनीले पेभर्स बनाउने आकर्षक महत्वपूर्ण योजना बनाएपनि जडान गरिएको मेसिनका कारण कम्पनीको योजना अन्योलमा परेको दैनिक हजार पेभर्स बनाउने मेसिनका लागि बोलपत्र आह्वान गरिएपनि २६० वटा मात्र पेभर्स बनाउने मेसिन जडान भएपछि कम्पनीको योजना अलपत्र बनेको हो

दमकको राज ट्रेडर्सले मेसिन आपूर्ती गर्ने ठेक्का पारेपनि स्पेसिफिकेशन अनुसारको मेसिन आपूर्ती नभएको प्रशासन प्रमुख कार्कीले जानकारी दिए दैनिक हजार पेभर्स बनाउने मेसिनका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो,’ उनले भने, ‘तर अहिले यहाँ जडान भएको मेसिनले दैनिक २६० देखि अधिकतम सय भन्दा बढी पेभर्स उत्पादन गर्न सकेन बोलपत्रमा उल्लेख गरिए अनुसार मेसिन आपूर्ती भएको भए पेभर्सबाटै कम्पनीले मुनाफा गर्न सक्ने कार्कीले बताए तर, अत्यन्त कम उत्पादन क्षमताको मेसिन आएका कारण उत्पादन बन्द गरिएको उनको भनाई कम्पनीले करोड ९१ लाखमा ठेक्का खुलाएको थियो

फोहोर छुट्याउने मेसिन ८९ लाख पेभर्स बनाउने मेसिन गरी आपूर्तीकर्ताले ६० लाख रुपैँया भुक्तानी लगिसकेको कार्कीले जानकारी दिए स्पेसिफिकेशन अनुसारको मेसिन आपूर्ती नभएकाले बाँकी भुक्तानी कम्पनीले रोकेको

प्लाष्टिकजन्य फोहोरबाट निर्माण गरिएको पेभर्सको माग अधिक भएपनि उत्पादन गर्न नसकिएको कार्कीको भनाई

अधिक खर्च, आम्दानी शुन्य

कम्पनीले १६ करोड ६४ लाख रुपैँया अनुमानित लागतमा कम्पनी शुरु गरेको थियो तर समयमा काम सम्पन्न नहुँदा मेसिनेरी सामानमा आएको टुटफुट बढ्दो महंगीका कारण परियोजनाको लागत बढ्ने देखिन्छ

कम्पनीका हाल जना कामदार कार्यरत रहेको कार्कीले बताए व्यवस्थापन, मजदुर, प्राविधीक, सुरक्षा गार्डको तलब, बैंक व्याज तथा विद्युत महशुलआदिमा मासिक १३ लाख ५० हजार खर्च हुने गरेको प्रशासन प्रमुख कार्कीले जानकारी दिए प्लान्ट शुरु भएको बर्ष भएपनि व्यवसायीक उत्पादन नहुँदा कम्पनीको आम्दानी भने शुन्य

नगरपालिकाहरुले स्पष्ट नीति निर्माण गरी फोहोर छुट्याएर नियमित ढुवानी गर्न नसक्ने कम्पनीले पेभर्स निर्माणको योजना तत्कालै अगाडी बढाउन नसक्ने हो भने वित्तीय संस्थाको व्याज, कर्मचारीहरुको तलब, विद्युत महशुल, मेसिनरी सामानको डिप्रिसिएसन आदिका कारण कम्पनीलाई आर्थिक भार थपिँदै जाने लगानी भएको करोडौँ रकम जोखिममा पर्ने सम्भावना उच्च   

 

सम्बन्धित समाचार