२०८३ बैशाख २० गते , आईतबार

तराईको जिल्लामा बर्षासहित हुरीको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १८ गते , शुक्रबार
तराईको जिल्लामा बर्षासहित हुरीको सम्भावना

बिर्तामोड हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको देशभर आंशिकदेखि साधारणतया बदली रहेको गण्डकी, कोशी बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी लुम्बिनी तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको   कोशी, बागमती, गण्डकी कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मधेस कोशी प्रदेशको तराईका केही स्थानमा हुरीको पनि सम्भावना रहेको

आज रात देशभर साधारणतया बदली रहने   कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको

आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका केही भागमा  मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाका साथै मधेस कोशी प्रदेशको तराईका केही स्थानमा  हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले आग्रह गरेको

सम्बन्धित समाचार