पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु*
बिर्तामोड । झापाको हल्दीबारी वडा नम्बर ५ स्थित सोडागान्धी चोकस्थित हुलाकी मार्गमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
विहीबार साँझ ७:१५ बजे राजगढवाट जलथलतर्फ आउँदै गरेको गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलवाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि हल्दिबारी-५ बस्ने अन्दाजी बर्ष ३१ को प्रेम प्रसाई र उनका साला सुनसरी बराहक्षेत्र नगरपालिका-१० प्रकाशपुर बस्ने बर्ष २१ को डिकेश कार्कीको विभिन्न भागमा चोट लागि गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारको क्रममा ८ वजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पिकअप र पिकअप चालक जिल्ला झापा भद्रपुर नगरपालिका वडा नम्वर २ वस्ने वर्ष ३७ को दिपेन राई जिल्ला प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको र सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।