२०८१ माघ ४ गते , शुक्रबार

झापामा पाँच सय बढी मानिस माओवादी केन्द्रमा प्रवेश गर्दै

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १७ गते , विहीबार
झापामा पाँच सय बढी मानिस माओवादी केन्द्रमा प्रवेश गर्दै

बिर्तामोड झापामा पाँच सय जनाभन्दा बढी मानिस नेकपा माओवादी केन्द्र मा प्रवेश गर्ने भएका छन् विभिन्न पार्टी परित्याग गरी उनीहरु माओवादी केन्द्रमा प्रवेश गर्न लागेका हुन्

नेकपा माओवादी केन्द्र झापाले आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी विभिन्न पार्टी परित्याग गरी पाँच सय जनाभन्दा मानिस पार्टीमा प्रवेश गर्न लागेको जानकारी दिएको नवप्रवेशीहरुलाई स्वागत गर्न यही साउन १९ गते बिर्तामोडमापार्टी प्रवेश तथा स्वागत कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले जानकारी दिए

पत्रकार भेटघाटमा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले लामो समयपछि पार्टी प्रतिपक्षमा रहेकाले माओवादीको आगामी योजना आम नागरिकको चासोको बिषय रहेको बताए हामी सरकारमा रहँदा पनि नरहँदा पनि सधैं जनतासँगै छौं, उनले भने,‘माओवादी पार्टी सक्किने होइन, सच्चिने कुरामा दृढ संकल्पित भन्ने सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको हो

देशको मूल राजनीतिक शक्ति भएकाले माओवादीप्रति जनताको भावना सकारात्मक नै रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको जनाइएको माओवादी पार्टी छोड्ने मात्र होइन, पार्टीमा फर्किने पनि क्रम जारी रहेको सन्देश दिन पनि कार्यक्रम गर्न लागिएको पार्टीका जिल्ला संयोजक आचार्यको भनाई

ठूला दलको नाममा जनताको अधिकार खोस्ने षड्यन्त्र भइरहेको , उनले भने,‘जनताको अधिकार रक्षाका लागि प्रतिकात्मक सन्देश दिन माओवादीले पूर्वबाट यो कार्यक्रमको थालनी गरेको हो माओवादी सुतेको नभई जागेर जनताको अधिकार रक्षाका लागि उभिएको उनको भनाइ

साउन १९ गते शनिबार हुने कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलको प्रमुख आतिथ्य रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो पत्रकार भेटघाटमा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), प्रदेश सदस्य भवानीप्रसाद दंगाल लगायतको आतिथ्य रहेको थियो

सम्बन्धित समाचार