२०८३ बैशाख २० गते , आईतबार

धमाधम पक्राउ पर्दै लागूऔषध कारोबारी

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १७ गते , विहीबार
धमाधम पक्राउ पर्दै लागूऔषध कारोबारी

बिर्तामोड प्रहरीले धमाधम लागूऔषध कारोबारी पक्राउ गरिरहेको बुधबार साँझ झापा गाउँपालिकास्थित सीमा क्षेत्रबाट लागूऔषध भित्र्याउन खोज्ने एक भारतीय कारोबारी पक्राउ परेका हुन्

बुधबार बेलुका बजे झापा गाउँपालिका वडा नं. टाघनडुब्बास्थित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत किसनगंज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा नं. बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई लागूऔषधसहित पक्राउ गरेको हो

उनलाई चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदैं गरेको प्लाष्टिकसहित २० ग्राम ब्राउनसुगर फेला परेको थियो उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको डीएसपी कृष्णकुमार चन्दले बताए

सम्बन्धित समाचार