२०८१ मंसीर २२ गते , शनिबार
तीन लाख बढीको अवैध कपडा बरामद
बिर्तामोड । भारतबाट भन्सार छलि गरी नेपाल भित्र्याउन लागिएको अवैध कपडा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार ३ लाख १२ हजार मुल्य बराबरको कपडा बरामद गरेको हो ।
बुधबार करिब ४ बजे मेचीनगर ६ स्थित मेचीपुल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा सोफा सेटको कभर १३ बण्डल, साडी १२ बण्डल, लुङगी ४ बण्डल, कोट पाइन्टको कपडा १५ बण्डल बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीको भनाई छ ।