२०८२ जेष्ठ १२ गते , आईतबार

सरुवा चाहने कर्मचारीबाट निवेदन माग

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १६ गते , बुधबार
सरुवा चाहने कर्मचारीबाट निवेदन माग

काठमाण्डौ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा हुन चाहने कर्मचारीसँग आवेदन माग गरेको बुधबार एक सूचना जारी गरेर एक मन्त्रालय, निकाय, विभाग वा कार्यालयबाट अर्को मन्त्रालय, निकाय, विभाग वा कार्यालयमा सरुवा हुन इच्छुकका लागि निवेदन आह्वान गरेको हो

राजपत्रांकित द्वितीय श्रेणीसम्मका निजानमती कर्मचारीले आफ्नो वैयक्तिक विवरण (पीआईएस) अद्यावधिक गरेर १५ दिनभित्र निवेदन दिनसक्ने सूचनामा उल्लेख

कार्यालय सहयोगीदेखि उपसचिव स्तरसम्मका कर्मचारीले यस्तो निवेदन दिन पाउनेछन् निजामती सेवा नियमावली, २०५० ले सरुवाको समय तालिका सरुवाका आधारहरू नै निर्धारण गरेको त्यसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ महिनामा अन्तरमन्त्रालय निकाय सरुवा गर्नुपर्ने हुन्छ

नियमावलीअनुसार सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ एक गतेदेखि भदौ मसान्तभित्रमा आफूले गर्ने नियमित सरुवा गर्नुपर्ने गरिसक्नुपर्छ मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज एक गतेदेखि असोज १५ गते भित्रमा, क्षेत्रीय (प्रदेश) स्तरका निकायहरूले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र गर्नुपर्ने उल्लेख

यिनै व्यवस्थाअनुसार मन्त्रालयले निवेदन मागेर मापदण्डअनुसार नियमित सरूवा गर्ने तयारी गरेको हो तर, मन्त्रालयले गर्ने ८७ प्रतिशत सरूवा अनियमित तबरले हुने समस्या

सम्बन्धित समाचार