२०८३ बैशाख २० गते , आईतबार

साइकलमा चिया बेच्ने मिना भन्छिन् – ‘ठूला होटल र रेष्टुराँमा सप्लाई गर्न चाहन्छु’

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १५ गते , मंगलबार
साइकलमा चिया बेच्ने मिना भन्छिन् – ‘ठूला होटल र रेष्टुराँमा सप्लाई गर्न चाहन्छु’

बिर्तामोड पूर्वको व्यापारिक नगरी बिर्तामोडमा एक महिला महिनौँदेखि साइकलमा चिया बेच्दै हिँडेको भेटिन्छिन् स्वदेशमै केही गर्न सकिन्छ भन्ने उद्देश्यले घरमा चिया पकाएर पसल पसलमा बेच्दै हिड्ने महिला हुन बिर्तामोडकी ३० बर्षीया मिना बस्नेत मिनाले यसरी साइकलमा डुलाएर चिया बेच्न थालेको १३ महिना भयो

बेरोजगार भएर बस्नुभन्दा स्वदेशमै केहि नयाँ गर्न आफुले चिया बेच्न थालेको उनी बताउँछिन् आफु चिया बनाउन पोख्त रहेको धेरैले आफुले पकाएको चिया मन पराएकालेपनि यो व्यवसाय गर्न प्रेरित गरेको उनको भनाई

सुरुमा ग्राहक बनाउन गाह्रो भएको मिनाको तितो यथार्थ धेरैले विश्वास गर्दैनथे कि घरमा बनाएको चिया पसल पसलमा बेच्न सकिन्छ,’ उनले भनिन्, ‘तर, मैले निरन्तर मेहनत गरें धीरेधीरे मानिसहरूलाई मेरो चियाको स्वाद मन पर्न थाल्यो

व्यवसायको क्रममा धेरै उतार चढाव आएको मिना बताउँछिन् कतिपय दिनमा थकान महसुस भए पनि ग्राहकको प्रशंसा सुनेर काम गर्ने प्रेरणा मिलेको उनले बताइन् अब भने ग्राहकहरूको संख्या बढ्दै गएको उनीहरूको माया समर्थनले नै सफलता मिल्दै गएकोमा मिना खुशी व्यक्त गर्छिन्

भविष्यमा चिया व्यवसायलाई अझ विस्तार गर्ने उनको सोच ठूला होटेल रेस्टुराँहरूसँग पनि सम्पर्क गरी मेरो चिया सप्लाई गर्न चाहन्छु साथै, चिया बनाउन नयाँ नयाँ रेसिपीहरू पनि सिक्दैछु,’ उनले भनिन्

अन्य दिदीबहिनीहरुलाइ  मेहनत दृढ संकल्पले सफलता प्राप्त गर्न सकिने उनको सुझाव सुरुवातमा चुनौती आउन सक्छतर कामलाई निरन्तरता दिएमा सफलता मिल्ने उनी बताउँछिन्

सम्बन्धित समाचार