२०८३ बैशाख २० गते , आईतबार

जग्गा प्लटिङ गर्न यातायात कार्यालय सार्नु हुँदैन : मेयर प्रसाई

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १३ गते , आईतबार
जग्गा प्लटिङ गर्न यातायात कार्यालय सार्नु हुँदैन : मेयर प्रसाई

बिर्तामोड बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईले सेवाग्राहीको सहज पहुँचको ठाउँमा भएको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयलाई अन्यत्र स्थानान्तरण गर्न नहुने बताएकी छन् आइतबार मेची लेखापढी व्यवसायी संघका पदाधिकारीहरुसँग कुरा गर्दै नगर प्रमुख प्रसाईले कार्यालय भूमाफियाको चंगुलमा परेर अन्यत्र सार्न आवश्यक नभएको बताएकी हुन्

लेखापढी व्यवसायी संघको ज्ञापन पत्र बुझ्दै प्रसाईले आफु चौतर्फी घेराबन्दीमा परेको बताइन्  'सबैभन्दा बढी घेराबन्दी मलाई , सरकारले पनि घेराबन्दी, मन्त्रालयले पनि घेराबन्दी, यहाँका चलखेलवालाले पनि घेराबन्दी, उनले भनिन्, 'घरमा गयो घर मै पुग्ने, अफिसमा गयो अफिस मै पुग्ने, जहाँ गयो त्यहिँ पुग्या वडा नम्बर का जनप्रतिनिधीहरु बिच मै पनि कार्यालय सार्ने बिषयमा दुई मत रहेको उनले बताइन् सात नम्बरका जनप्रतिनिधीहरुले मेयरका कारण आफ्नो वडामा कार्यालय सार्न नदिएको भन्दै आफुलाई सामाजिक सञ्जालमा नै आरोपसमेत लगाउने गरेको उनले गुनासो गरिन्

यातायात कार्यालयको जग्गा प्राप्तिका लागि यातायात व्यवस्था कार्यालयले नगरपालिकामा अन्तिम हस्ताक्षरको लागि फाइल ल्याएको तर विस्तृत अध्ययन गरेर मात्र निर्णय गर्ने भन्दै आफुले फर्काएको उनले बताइन् कोशी प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री शमसेर राईले यातायात कार्यालय सात नम्बर वडामा नसार्ने भए बिर्तामोडबाट अन्यत्रै सार्नेभन्दै दबाब दिएको समेत उनले बताइन्

यातायात कार्यालय बिर्तामोड नगरपालिकाको मात्र कार्यालय नभएको भन्दै सबैलाई सहज हुने स्थानमा हाल भइरहेको कार्यालय जसलाई जहाँ प्लानिङ गर्न मन लाग्यो त्यहाँ सार्दै हिड्ने कार्य उचित नभएको उनले बताइन् यातायात कार्यालय भाडामा भएको अवस्थामा दाता बद्री खड्काले बहुमुल्य जग्गा यातायात कार्यालयलाई उपलब्ध गराएको कार्यालयलाई जग्गा अपुग भए खड्का परिवारसँग समन्वय गरी जग्गा थप गर्न सकिने अवस्थामा भँगेराले गुँड सारे जस्तो सरकारी कार्यालय सार्न नहुने उनको तर्क थियो

१५ कठ्ठा जग्गा दिन्छु : वडा सदस्य अग्नी सिटौला

बिर्तामोड नगरपालिका वडा नम्बर का वडासदस्य अग्नी सिटौलाले जग्गा पाइयो भन्दैमा भुमाफियाको चलखेलमा लागेर सरकारी कार्यालय सार्न नहुने बताए 'जसले जता जग्गा दिन्छु भन्छ त्यतै सार्ने हो भने बाटोले छोएको १५ कठ्ठा जग्गा दिन्छु, उनले भने, ‘के कार्यालय त्यहाँ लान सकिन्छ त ? अहिले यातायात भएको स्थान झापामात्र नभई इलाम, पाँचथर ताप्लेजुङबाट समेत आउने सेवाग्राहीका लागि उपयुक्त भएको उनले बताए

महेन्द्र लोकमार्गबाट पाँच सय मिटरको दुरीमा रहेको यातायात कार्यालयमा ठूला सवारी साधनसमेत आउने भएकाले अन्य स्थानभन्दा हालको स्थान उपयुक्त भएको व्यवसायी भुपाल सापकोटाले बताए याताायत कार्यालय भएको स्थान वरपर दर्जनौँ व्यवसायीले करोडौँ लगानी गरेको उनीहरुलाई भुमाफियाको चलखेलमा परेर विचल्ली पार्न खोजिएको भन्दै त्यसको विरुद्ध जस्तोसुकै आन्दोलन गर्नु परेपनि आफुहरु तयार रहेको बताए

बिर्तामोड नगरपालिका वडा नम्बर का वडासदस्य हरि बास्कोटाले जग्गा बढी प्राप्ति हुने बहानामा सरकारी कार्यालय सार्दै हिड्न उचित नहुने बताए उनले भने, ‘भोलि कसैले कचनकवलमा विगाहा जग्गा दिन्छु भन्ला, कार्यालय त्यहिँ लगिहाल्ने ?

नगरप्रमुख प्रसाईलाई ज्ञापन पत्र बुझाउँदै लेखापढी व्यवसायी संघका अध्यक्ष युवराज निरौला (कमल)ले सेवाग्राहीलाई सहज स्थानमा भएको कार्यालयलाई अपायक स्थानमा लैजान भइरहेको चलखेल निन्दनीय भएको भन्दै यस कार्यलाई रोक्न नगरपालिकाले भूमिका खेल्न उनले आग्रह गरे

बिर्तामोड नगरपालिका वडा नम्बर मा रहेको यातायात व्यवस्था कार्यालयलाई स्थान अपुग भएको भन्दै मन्त्री, कर्मचारी, राजनीतिक दलका नेता तथा भूमाफियाहरुले सहकारीले लिलाम गरेको बिर्तामोड वडा नम्बर स्थित सस्तो मुल्यको जग्गामा सारेर आर्थिक लाभ लिन चलखेल शुरु गरेपछि सरोकारवालाहरु प्रतिवादमा उत्रिएका छन् कार्यालय सार्न प्रपञ्च शुरु गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वटा उजुरीसमेत परेको

हेर्नुहोस ज्ञापन पत्र

सम्बन्धित समाचार