२०८३ बैशाख २० गते , आईतबार

पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैदको फैसला

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १३ गते , आईतबार
पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर, ६९ लाख जरिवाना र ९ महिना कैदको फैसला

बिर्तामोड सर्वोच्च अदालतले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको आइतबार न्यायाधीशहरू विनोद शर्मा बालकृष्ण ढकालको इजलासले उनको पुनरावेदनमा दाबी पुग्न नसक्ने फैसला सुनाएको हो

सर्वोच्चले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनलाई दोषी ठहर गरेको हो सर्वोच्चले यो विवादमा २०८१ असार २० गते  दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो   पहिलो निसुमा फैसला नभएपछि आइतबारका लागि निसु सरेको थियो आइतबार सर्वोच्चले जोशीको भ्रष्टाचार मुद्दा टुङ्गाएको हो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो सर्वोच्चले केही उल्टी भने गरेको

सर्वोच्चले जोशीको हकमा ६९ लाख १५ हजार जरिवाना महिना कैदको फैसला सुनाएको विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए

विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू ओमप्रकाश मिश्र केदारप्रसाद चालिसेको इजलासले १० साउन, २०६९ मा जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको थियो जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत त्यति नै रकम जरिवाना हुने फैसला भएको थियो

सम्बन्धित समाचार