२०८३ बैशाख २० गते , आईतबार

मोटरसाइकल दुर्घटनामा परि बुवाको मृत्यु, छोरा घाइते

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १३ गते , आईतबार
मोटरसाइकल दुर्घटनामा परि बुवाको मृत्यु, छोरा घाइते

बिर्तामोड झापा गाउँपालिका वडा नम्बर फुलगाछी चोकस्थित कुमरखोद- सुरुङ्गा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा बुवाको मृत्यु भएको भने छोरा घाइते भएका छन्

आज दिउँसो १२:४५ बजे झापा गाउँपालिका वडा नम्बर फुलगाछी चोकस्थित कुमरखोद-सुरुङ्गा सडकखण्डमा सुरुङ्गाबाट झापातर्फ जाँदै गरेको प्रदेश १-०१-०१६-१६१२ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ५४ वर्षीय निजामुदिन मियाँ मोटरसाइकलमा पछाडी सवार उनका छोरा १९ वर्षीय सालेमान मियाँ घाइते भएका थिए

घाइतेहरुलाई तत्काल उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले चेकजाँच गर्दा चालक निजामुदिन मियाँको मृत्यु भइसकेको थियो बायाँ हातमा चोट लागेका घाइते सालेमान मियाँको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार