२०८३ बैशाख २० गते , आईतबार

अस्ताए ‘रिटिङ रिटिङ……’ का गायक जोशी

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ११ गते , शुक्रबार
अस्ताए ‘रिटिङ रिटिङ……’ का गायक जोशी

बिर्तामोड पूर्वका प्रख्यात लोक गायक एलपी जोशीको निधन भएको बिहीबार राति ८:३० बजे जोशीको निधन भएको हो

दमकस्थित लाइफलाइन हस्पिटलमा उनको निधन भएको हो दमक निवासी जोशीकारिटिङ रिटिङ नबजाउ बिनायो….., वल्लो खोलो पल्लो खोलो….., बिनायोले मन मेरो छिनायो…..जस्ता लोक गीत चर्चित छन्

एलपी जोशीको पूरा नाम लक्ष्मीप्रसाद जोशी हो उनी नेपाली लोकगीत क्षेत्रमा पूर्वेली लोकगीतका एक लोकप्रिय गायक हुन् उनले आफै संकलन गरेर रेडियो नेपालमा गाएका गीतहरु अहिलेपनि उत्तिकै लोकप्रिय छन्

धनकुटामा जन्मिएका जोशीले दमकलाई कर्मथलो बनाएका थिए उनी गायकसँगै एक कुशल चित्रकारपनि थिए

सम्बन्धित समाचार