२०८३ बैशाख २० गते , आईतबार

सौर्य एयरको जहाज दुर्घटना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ९ गते , बुधबार
सौर्य एयरको जहाज दुर्घटना

काठमाण्डौ । काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको  अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए । 
‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा उद्धार टोली परिचालन भएका छन्।
विमानस्थलको आन्तरिकतर्फ ठूलो धुँवाको मुस्लो देखिएको छ । विमानमा सवारहरुको अवस्था अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

सम्बन्धित समाचार