२०८१ चैत्र ८ गते , शुक्रबार

संघीयता र संविधान कार्यान्वयन नै भइसकेको छैन : माओवादी नेता आङ्बो

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ९ गते , बुधबार
संघीयता र संविधान कार्यान्वयन नै भइसकेको छैन : माओवादी नेता आङ्बो

बिर्तामोड नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो (मौसम)ले संघीयता संविधान कार्यान्वयन नै भइ नसकेको बताएका छन् बिर्तामोडमा प्रेस सेन्टर नेपाल झापाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आङ्बोले त्यस्तो धारणा राखेका हुन्

हामी संघीयताको अझैपनि प्रारम्भिक ठाउँमै छौँ, यो संविधान, यो व्यवस्था ठीक की छैन त भनेर समीक्षा गर्ने बेला भएको की छैन , कुरा यो हो,’ उनले भने, ‘त्यसो हुँदा पहिलो कुरा यो समिक्षा गर्ने बेला भएको छैन भन्ने मेरो तर्क भने वास्तवमा संघीयता यो संविधान कार्यान्वयन नै भएको छैन संविधान कार्यान्वयन भइसकेपछि यसका ठीक वा बेठीक कुरा छुट्याउन सकिने भन्दै उनले अहिले नै संविधान संसोधनको कुरा उठिरहेको बताए विश्वको शक्तिशाली मुलुक अमेरिकामा ३२ बर्ष छिमेकी मुलुक भारतमा संविधान कार्यान्वयन हुन ५० बर्ष लागेको दृष्टान्त बताउँदै नेता आङ्बोले संविधान निर्माण भएको एक दशकमै यो ठीक वा बेठीक भनेर समीक्षा गर्न कति उचित हुने भन्दै आश्चर्य व्यक्त गरे

संविधान कार्यान्वयन हुन समय लाग्ने भन्दै धैर्यता राख्नु पर्ने बताए जनताको तीव्र परिवर्तनको आकाङ्क्षालाई संस्थागत गर्न नेताहरुले ध्यान दिनुपर्ने उनको भनाई थियो संविधानको कार्यान्वयनमा आफुहरुले जति गर्नुपर्ने त्यति गर्न नसकिएको उनले बताए संविधान निर्माणपछि पुष्पकमल दाहाल प्रचण्ड, खड्गप्रसाद ओली शेरबहादुर देउवा नै बढीजसो प्रधानमन्त्री भएता पनि संविधान संघीयता कार्यान्वयन धेरै अगाडी बढ्न नसकेको बताउँदै यसको कार्यान्वयनमा संविधान संघीयता ल्याउने दलका शिर्ष नेताहरु नै बाधक बनेको बताए

सम्बन्धित समाचार