२०८३ बैशाख २० गते , आईतबार

मनसुनजन्य विपद्का कारण सोमबारसम्म १३१ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ८ गते , मंगलबार
मनसुनजन्य विपद्का कारण सोमबारसम्म १३१ जनाको मृत्यु

झापा जेठ २८ गतेदेखि शुरु भएको मनसुनका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्मा परी सोमबारसम्म एक सय ३१ जनाको मृत्यु भएको

विपद्मा परी काठमाण्डौ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको

विपद्मा परी एक सय ४४ जना घाइते भएका छन् घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको कोशीमा ४९, गण्डकीमा १२ सुदूरपश्चिममा प्रदेशमा पाँचगरी जम्मा ६६ जनाको उद्धार गरिएको बाढी पहिरामा परी कोशी बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशमा एक/एकगरी नौ जना बेपत्ता भएका छन् बेपत्ताको खोजीकार्य जारी

बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको पाँच सय ९४ वटा पशु चौपाया मरेका छन् उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्

सम्बन्धित समाचार