२०८३ बैशाख २० गते , आईतबार
माछा मार्दा करेन्ट लागेर इलामका राईको मृत्यु
बिर्तामोड । झापाको दमकमा करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे दमक ३ धिमाल टोलमा १९ बर्षीय मौषम राईको मृत्यु भएको हो ।
इलाम सूर्योदय नगरपालिका वडा नम्बर १३ लक्ष्मीपुर निवासी सुर्य राईको छोरा मौषम दमक ३ स्थित तेजबहादुर धिमालको घरमा बस्दै आएका थिए । दिउँसो घरबाट ३० मिटर पर विद्युत तार जोडेर माछा मार्नेक्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका राईको उपचारको क्रममा ३ः३० बजे आम्दा अस्पताल दमकमा मृत्यु भएको हो ।