२०८३ बैशाख २० गते , आईतबार

घुगी खोज्न रतुवामा पसेका मण्डलको शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ४ गते , शुक्रबार
घुगी खोज्न रतुवामा पसेका मण्डलको शव फेला

बिर्तामोड । बुधबार दिउँसो ४:४० बजे दमक नगरपालिका-८ मा रहेको रतुवा खोलामा घुगी टिप्न पसेका गङ्गा मण्डलको शव बिहीबार फेला परेको छ । दमक नगरपालिका वडा नम्बर ८ र १० छुट्याउने दिपिनी खोला र रतुवा खोलाको दोभानमा मण्डलको शव फेला परेको प्रहरीले जनाएको छ ।
शिवसताक्षी नगरपालिका वडा न.३ घर भई हाल दमक नगरपालिका वडा न.८ स्थित गंगा शिवाकोटीको घरमा डेरा गरी बस्ने बर्ष ३६ को राजु मण्डल र उनका साथी सोही ठाउँ बस्ने बर्ष अन्दाजी ४०-४२ को  तिलक बुढाथोकी घुगी खोज्न रतुवा खोलामा गएका थिए । मण्डललाई खोलाले बगाउनासाथ बुढाथोकीले इलाका प्रहरी कार्यालय दमकमा खबर गरेको र प्रहरी उनको खोजतलासमा निस्किएको जिल्ला प्रहरी कार्यालय झापाली जनाएको छ । इलाका प्रहरी कार्यालय दमक र शसस्त्र प्रहरी बल पाडाजुङगीबाट खटिएको संयुक्त टोलीले खोजतलाश गर्ने क्रममा बिहीबार ९:२० बजे उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसी स्वयं घटनास्थलमा पुगेका थिए । 

सम्बन्धित समाचार