२०८३ बैशाख २० गते , आईतबार
पानीको सतह बढेसँगै निन्दा खोलामा साइरन बज्यो
बिर्तामोड । बाढी पूर्वानुमान महाशाखाका अनुसार झापास्थित मेची जलाधार क्षेत्रको निन्दा खोलाको बाढीले खतराको तह पार गरेको छ । खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।
त्यस्तै झापाको शनिश्चरेमा भारी वर्षा भएको छ । शनिश्चरे वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा १००.८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिश्चरे र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सो क्षेत्र भएर बग्ने बिरिङ, अधुवा र अन्य साना खोलाका तटीय क्षेत्रमा बस्ने मानिसहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार ती क्षेत्रका बासिन्दाले शुक्रबार बिहान ७ बजेसम्मै सतर्कता अपनाउनुपर्ने छ ।