२०८३ बैशाख २० गते , आईतबार

डी.  कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १ गते , मंगलबार
डी.  कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकारद्वय रेग्मी र लामालाई

बिर्तामोड डी. कौडिन्य पत्रकारिता पुरस्कार पत्रकार द्वय झुलन रेग्मी डिकेश लामालाई संयुक्त प्रदान गरिने भएको

जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी.  कौडिन्य)को स्मृतिमा प्रेस सेन्टर नेपाल झापाले स्थापना गरेको सो पुरस्कार यस वर्ष मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष रेग्मी नेपाल टेलिभिजनका झापा सम्वाददातासमेत रहेका प्रेस सेन्टर कोशी प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव लामालाई संयुक्त रुपमा प्रदान गर्ने निणर्य भएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले जानकारी दिए

असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको अध्यक्ष पाठकले बताए स्थापनाकालमा ११ हजार रुपैयाँ राशी भएको डी. कौडिन्य पत्रकारिता पुरस्कारको राशी केही वर्ष यता २१ हजार रुपैयाँ थियो उनले भने, ‘यस वर्षबाट पुरस्कारको राशी ४२ हजार पुर्याउने निणर्य भएको

पुरस्कार डी. कौडिन्यको स्मृति दिवसको अवसरमा साउन गते वितरण गरिने अध्यक्ष पाठकले बताए

सम्बन्धित समाचार