२०८३ बैशाख २० गते , आईतबार

लागूऔषध कारोबारी भारतीय नागरिक पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ असार ३० गते , आईतबार
लागूऔषध कारोबारी भारतीय नागरिक पक्राउ

बिर्तामोड नेपालमा लागूऔषध भित्र्याउन लागेका लागूऔषध कारोबारी भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको दार्जिलिङ जिल्लास्थित पानीटंकी निवासी ३६ बर्षीय बब्लु रायलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो

रायलाई शनिबार साँझ साढे पाँच बजे मेचीनगर स्थित पुरानो मेचीपुलबाट पक्राउ गरेको प्रहरीले जनाएको लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टाका प्रहरी हवल्दार कृष्ण दाहाल इप्रका काँकरभिट्टाका प्रहरी हवल्दार रनजी दर्जीको टोलीले नेपालतर्फ डब्लुबी ७४ वाई २१४१ नम्बरको भारतीय मोटरसाइकलमा आउँदै गरेका रायलाई चेकजाँच गर्दा उनको साथबाट प्रहरीले प्लाष्टिक बाहेक ११ ग्राम ३०० मिलिग्राम लागूऔषध खैरो हिरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

पक्राउ परेको रायलाई इप्रका काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार