एम्नेष्टी इन्टरनेशनल बिर्तामोड संयोजकमा धमला
बिर्तामोड । मानव अधिकारको क्षेत्रका काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ५८ बिर्तामोड अध्यक्षमा टिकाराम (रञ्जन) धमला चयन भएका छन् । शनिबार भएको २२औँ साधारणसभाबाट धमला संयोजकमा चयन भएका हुन् ।
समितिको सहसंयोजकमा सपना डाँगी, सचिवमा विकास कोइराला र कोषाध्यक्षमा बालकुमारी रसाइली चयन भएका छन् ।
सदस्यहरुमा विमल राजवंशी, तेजप्रसाद प्रसाई, उषाकिरण अधिकारी, सरोज खरेल र सुरेन्द्र गिरी चयन भएको अध्यक्ष धमलाले जानकारी दिए ।
सभाले टिकाराम धमला र डाँगीलाई क्षेत्रीय प्रतिनिधीसमेत चयन गरेको छ ।
सुरेशकुमार अग्रवाल (भद्रपुरे)को संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ । समितिको सदस्यहरुमा पराशर दाहाल, पदमसुन्दर लामिछाने, शत्रुघनप्रसाद गुप्ता र चेतामणि खनाल चयन भएका छन् ।
नवनिर्वाचित समितिको पदावधि दुई बर्षको हुनेछ ।
पदमसुन्दर लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष केशवप्रसाद पोख्रेल प्रमुख अतिथी रहेका थिए । कार्यक्रम चेतामणी खनालले सञ्चालन गरेका थिए ।