मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु
बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नं १ सीतापुरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। बिहिबार बिहान १ बजे भएको दुर्घटनामा परी भारतीय नागरिक कमल ठाकुरको मृत्यु भएको हो।
पाडाजुगी-गौरीगन्ज पक्की सडक खण्डमा पाडाजुगीबाट गौरादहतर्फ जादै गरेको लु.९प.१२७१ नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार भारत झारखण्ड जिल्ला गोडा बस्ने बर्ष अन्दाजी ४०-४१ को कमल ठाकुरको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।
उनको निम्स अस्पताल दमकमा उपचारका लागि लगिएकोमा २:३२ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
मोटरसाईकल चालक गौरादह नगरपालिका वडा नं.१ बस्ने बर्ष ३३ को गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।