२०८३ बैशाख २० गते , आईतबार

को हुन् बेचन झा जसको पक्राउले राजनीतिक समिकरण नै परिवर्तन गरायो

sajilo news
परिवेश मिडिया
२०८१ असार २७ गते , विहीबार
को हुन् बेचन झा जसको पक्राउले राजनीतिक समिकरण नै परिवर्तन गरायो

काठमाण्डौ भारतको मधुवनी जिल्लाबाट सिराहाको एउटा प्रतिष्ठित परिवारमा ज्वाइँ नाता लाउँदै छिरेको मान्छेले देशका गनेचुनेका नेतालाई घुमाईघुमाई कसरी आफ्नो साम्राज्य खडा गर्छ ? नक्कली भुटानी प्रकरणका फरार अभियुक्त बेचन झाको प्रसंग हो यो

अर्थमन्त्री वर्षमान पुनले सत्ता गठबन्धनमा आएको संकटसँग बेचन झा पक्राउ मुख्य कारक भएको अभिव्यक्ति दिएपछि उनी को हुन् ? भन्नेबारे विभिन्न चर्चा चल्न थालेका छन् त्यसो कांग्रेस-एमाले नेताहरू अहिले सत्ता गठबन्धनमा आएको तरंगसँग बेचन पक्राउको साइनो नभएको दावी गरिरहेका छन् यद्यपि, उनी कांग्रेस एमालेका खासखास नेतासँग लामो समयदेखि सम्पर्कमा रहेको देखिन्छ

नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाउने गिरोहमा उनको संलग्नता देखिएपछि प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको थियो उक्त प्रकरणमा पक्राउ परेका धापासीका रामशरण केसीले बेचनले मन्त्रिपरिषदबाट निणर्य गराउनका निम्ति करोड मागेको आफूले चेक पनि दिएको बयानमा भनेका थिए सोही आधारमा उनी फरार सूचीमा राखिएका अहिले पक्राउ गरिएका हुन्

धेरै वर्षदेखि नेपालमा ठेक्कापट्टाको काम गर्ने उच्च राजनीतिक पहुँच बनाएका उनीसँग अहिलेसम्म नेपालको सक्कली नागरिकता छैन तराईका चर्चित नेता बेदानन्द झाका दाइ कुलानन्दकी छोरीसँग विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी नेपालकी छोरी लिएर आफ्नो देश गएनन्, यहीँ बसेर पत्नीका नाममा व्यावसायिक कारोबार चलाइरहे

बेदानन्द पञ्चायतकालमा गृह वाणिज्यमन्त्री हुँदै राजसभा स्थायी समितिको सभापतिसम्म भएका व्यक्ति हुन् दाइ कुलानन्द ००७ सालको क्रान्तिदेखि नै बिपी कोइरालाका विश्वासिला नेता पछि तराई मामिलामा दृष्टिकोण मिलेन कुलानन्दले बिपीको छाथ छाडेर तराई कांग्रेस गठन गरे उनकै राजनीतिक सहयात्री थिए, गजेन्द्रनारायण सिंह, जसले ०४६ सालपछि मधेसी पहिचानको नारालाई स्थापित गर्दै नेपाल सद्भावना पार्टी बनाए

कुलानन्दले तराई कांग्रेस स्थापना गर्दा बेदानन्द पटनामा अखबारको सम्पादक थिए दाजुले पार्टी खोलेपछि त्यसलाई फैलाउन त्यहीमार्फत राजनीतिक गतिविधि गर्न स्वदेश फर्किए तराईका विभिन्न जिल्लामा संगठन फैलाउँदै २०१५ सालको आम निर्वाचनमा तराई कांग्रेसले भाग लियो, एउटा सीट पनि जित्न सकेन कुलानन्द जीवनभर प्रजातान्त्रिक तराई पहिचानको आन्दोलनमै लागिरहे बेदानन्द भने पञ्चायतमा प्रवेश गरे कुलानन्दको निधनपछि उनको परिवारलाई बेदानन्दले नै अभिभावकत्व दिए , दाजुको निधनपछि बेचनले दाजुकी छोरीसँग विवाह गरेका हुन्

 

पत्नी नेपाली भएपछि उनकै नाममा बैंक खाता, चल अचल सम्पत्तिको कारोबारमा सक्रिय भए शुरुमा नेपाल विद्युत प्राधिकरणका ट्रान्समिटर लाइन जडान गर्ने ठेक्काबाट कुस्त रकम कमाए फर्म पत्नीको नाममा, काम उनको पैसा कमाएपछि घरबारसहित सामाजिक प्रतिष्ठा हासिल भयो राजनीतिमा मधेसी खेमासँग त्यति राम्रो सम्बन्ध भएका व्यक्ति होइनन् बरु, डा. आरजु राणा, कृष्ण सिटौलासहित एमाले माओवादीका नेतासँग नजिक छन् गफाडीका रूपमा चिनिन्छन् सक्ने नसक्ने सबै कामको जिम्मा लिने बानी त्यहीअनुसार नक्कली भुटानी शरणार्थी बनाई नेपालीलाई अमेरिका पठाउने विषयमा मन्त्रिपरिषद्बाटै निणर्य गराउने भनेर दुई करोड लिएबापत अहिले पक्राउ परेका हुन्

करिब ३० वर्षदेखि उनले काठमाडौंमा विद्युतीय उपकरणको ठेकेदारी गर्दै आएका छन् श्रीमतीको नाममाफर्म खोलेर थापागाउँमा बंगला ठड्याएका छन् पहिलेपहिले हरेक महिना सत्यनारायणको पूजा लगाउने गर्थे बेचनले छोराको नाममा रहेकोविभांशु ब्रदर्स मार्फत विद्युत प्राधिकरणबाट ठेक्का लिँदै आएका छन्

प्राधिकरणले बिजुलीको ट्रान्सफर्मरदेखि एअर कण्डक्टरसम्म उनकै कम्पनीबाट खरिद गर्दै आएको यति मात्र नभई भारतीयसहित विदेशी ठेकेदारहरूको नेपाल प्रतिनिधिको रुपमा पनि काम गर्दै आएका छन् देउवापत्नी आरजु राणा, कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, विमलेन्द्र निधि, महन्थ ठाकुर, माओवादी नेता टोपबहादुर रायमाझीलगायतसँग सम्बन्ध बनेको

आरजुका भाइ भुषण राणासँग पनि व्यवसायिक चिनजान रहेकै हो भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण गृहसचिव टेकनारायण पाण्डेसँग मिलीभगत गरेका झाले सो प्रकरणका अन्य बिचौलियाहरूलाई गृहसचिवसँग भेटाउने कामको समन्वय गरेका थिए

सिटौलाले पनि झालाई भेटेर कुरा सुनिदिनु भन्दै गृहसचिव पाण्डेलाई सिफारिस गरेको स्रोत बताउँछ केसीले २०७८ मंसिर गते राति बजे उनको घर थापागाउँमा दिएको दुई करोडको चेक प्रहरीले फेला पारेको बेचनका छोराहरूले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् एक जना हाल फ्रान्स अर्को अमेरिकामा छन्

एउटी छोरीको विवाह भारतमै भएको एउटा छोराको विवाह सप्तरीकी नेतृ ममता झाकी छोरीसँग भएको हो ममता पूर्वअञ्चलाधीश जगदीश झाकी छोरी हुन् गत उपराष्ट्रपतिको निर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उठेकी थिइन् (साभारः जनआस्था साप्ताहिकबाट)

सम्बन्धित समाचार