२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोडमा रक्तदान सम्पन्न, ५५ पिण्ट रगत संकलन

sajilo news
परिवेश मिडिया
२०८१ असार २४ गते , सोमबार
बिर्तामोडमा रक्तदान सम्पन्न, ५५ पिण्ट रगत संकलन

बिर्तामोड पञ्चकन्या सोसाइटी तथा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सोमबार रक्तदान आयोजना गरेका छन् पछिल्लो समय अस्पतालहरुमा देखिएको रगत अभाव टार्न रक्तदान आयोजना गरिएको हो

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५५ जनाले  रक्तदान गरेका थिए

बिर्तामोड- स्थित बिन्द्यावासिनी दुर्गा मन्दिर परिसरमा कार्यक्रम आयोजना गरिएको थियो नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले कार्यक्रमको उद्घाटन गरेका थिए

बिर्तामोड साना शहरी खानेपानीका अध्यक्ष मेघराज बास्तोला पञ्चकन्या सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत सोसाइटीका कोषाध्यक्ष बिष्णु चुडालले गरेका थिए

सम्बन्धित समाचार