२०८३ बैशाख २० गते , आईतबार
काेशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त
झापा । काेशी प्रदेश लोक सेवा आयोगको अध्यक्षमा महेन्द्रप्रसाद गुरागाईं नियुक्त भएका छन् । उनी नेपाल सरकारका पूर्वसचिव हुन् ।
आइतबार बसेकाे सिफारिस समितिको बैठकले आयोगको अध्यक्षमा गुरागाईंकाे नाम सिफारिस गरेकाे थियाे । लगत्तै प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई अध्यक्ष नियुक्त गरे ।
दुई वर्ष अघि नेपाल सरकारको सचिवबाट अवकाश पाएका गुरागाईं मोरङको मंगलबारेका बासिन्दा हुन् ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ अनुसार आयोगको अध्यक्षको समयावधि ६ वर्षको हुन्छ । यसअघि उत्तम भट्टराईले लोकसेवा आयोगको अध्यक्षबाट उमेर हदका कारण अवकाश पाएका थिए ।