२०८३ बैशाख २० गते , आईतबार

रिटर्नी फेडेरेशनद्वारा बिर्तामोडमा वृक्षारोपण

sajilo news
परिवेश मिडिया
२०८१ असार २३ गते , आईतबार
रिटर्नी फेडेरेशनद्वारा बिर्तामोडमा वृक्षारोपण

बिर्तामोड । रिटर्नी फेडेरेशन नेपालले झापाको बिर्तामोडमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। फेडेरेशनले शनिबार मदन जयन्तीको अवसर पारेर बिर्तामोड ३ स्थित सडकको बीच भागमा रहेको डिभाइडरमा वृक्षारोपण गरेको हो।
फेडेरेशनले करिब २ सय बिरुवा रोपेको बिर्तामोड वडा नम्बर ४ का वडा सदस्य केशव श्रेष्ठले जानकारी दिए । रिटर्नी फेडेरेशन जिल्ला कमिटी झापाको आयोजना तथा बिर्तामोड नगर कमिटीको व्यवस्थापनमा ७३औं मदन जयन्तीको अवसरमा वृक्षारोपण सम्पन्न गरिएको श्रेष्ठले बताए । 
कार्यक्रम जिल्ला कमिटी अध्यक्ष खडग भण्डारीको अध्यक्षतामा, रिटर्नी फेडेरेशन नेपाल केन्द्रिय उपमहसचिव तथा संगठन विभाग प्रमुख भरत शिवाकोटीको प्रमुख आतिथ्यता तथा पुर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रिय सल्लाहकार एवम मदन भण्डारी फाउण्डेसन झापाका अध्यक्ष अग्रज हरिचरण शिवाकोटीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको उनले बताए ।  

सम्बन्धित समाचार