२०८३ बैशाख २० गते , आईतबार
इलामका रवि राईसहित चार जनाको भारतमा रेटेर हत्या
एजेन्सी । भारतको मेघालयमा ४ जनाको घाँटी रेटेर हत्या भएको छ । मेघालयको कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
मृत्यु हुने मध्ये एक जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा इलाम घर भएका २३ वर्षीय रवि राई रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इष्ट जेन्सिया हिल्सका एसपी गिरी प्रसादका अनुसार उनीहरूको हातखुट्टा बाँधिएको र घाँटीमा चोट लागेको अवस्थामा शव फेला परेको छ । मृत्यु हुने ३ जनाको परिचय खुल्न बाँकी रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।