२०८३ बैशाख २० गते , आईतबार

लागूऔषधसहित दमकको एलिन बिर्तामोडबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ असार २१ गते , शुक्रबार
लागूऔषधसहित दमकको एलिन बिर्तामोडबाट पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडबाट लागूऔषधसहित दमकका एलिन दर्नाल पक्राउ परेका छन् । दमक-४ निवासी २३ वर्षीय दर्नाललाई प्रहरीले बिर्तामोडको पश्चिम स्टेनबाट पक्राउ गरेको हो ।
बिहिबार साँझ ५:३० बजे पश्चिम स्टेनमा दर्नाल शंकास्पद अवस्थामा हिँडिरहेको फेला परेपछि इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले नियन्त्रणमा लिएर चेक जाँच गर्दा उनको साथबाट लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले दर्नालको साथबाट प्लाष्टिक सहित ३ ग्राम ७९० मिलिग्राम, प्लाष्टिक बाहेक २ ग्राम ४७० मिलिग्राम लागूऔषध र नगद चार सय पचास रुपैयाँ बरामद गरेको जनाएको छ । 

सम्बन्धित समाचार