२०८३ बैशाख २० गते , आईतबार

कुकुरसँग मोटरसाइकल ठोक्किँदा घाइते शिवसताक्षीका आचार्यको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ असार १६ गते , आईतबार
कुकुरसँग मोटरसाइकल ठोक्किँदा घाइते शिवसताक्षीका आचार्यको मृत्यु

बिर्तामोड झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर निवासी नविन आचार्यको निधन भएको असार १४ गते मोटरसाइकल दुर्घटनामा परि घाइते आचार्यको उपचारको क्रममा शनिबार साँझ निधन भएको हो

असार १४ गते साँझ साढे सात बजे कमल गाउँपालिका वडा नम्बर साबित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.-०१-०१४ ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका वडा नम्बर बस्ने बर्ष २६ को पदम बहादुर पौडेल मोटरसाइकलको पछाडी सवार सोहि ठाउँ बस्ने बर्ष ४० को नबिन आचार्य घाइते भएका थिए आचार्यको टाउकोमा चोट लागेर गम्भीर अवस्थामा उपचारको लागि दमकस्थित निम्स अस्पताल लगिएकोमा समान्य उपचार पश्चात थप उपचारको लागि बीएण्डसी अस्पताल ल्याई उपचाररत रहेको अवस्थामा शनिबार बेलुका बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

मोटरसाइकल चालक पौडेलको बाँया कुम्ममा चोट लागेको भने मध्यम अवस्थामा दमकस्थित निम्स अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार