२०८३ बैशाख २० गते , आईतबार

मध्यरातमा युनियनले लगायो महासंघमा ताला, निर्वाचन कार्यक्रम अन्योलमा

sajilo news
परिवेश मिडिया
२०८१ असार १५ गते , शनिबार
मध्यरातमा युनियनले लगायो महासंघमा ताला, निर्वाचन कार्यक्रम अन्योलमा

झापा नेपाल प्रेस युनियनले शुक्रबार मध्यरातमा नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको महासंघले विधि प्रकिया मिच्दै क्रियाशील पत्रकार हटाएको गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्दै युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो

केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएसँगै असार २२ गतेका लागि तय भएको महासंघको निर्वाचन कार्यक्रम अन्योलता तर्फ धकेलिने निश्चित निर्वाचन तालिका अनुसार आज असार १५ गते मनोनयन दर्ताका लागि तोकिएको थियो

महासंघको सदस्यता विवाद वैधानिक संरचनाबाट टुंगो नलगाइकन जबर्जस्ती ढंगबाट निवार्चनमा गएको भन्दै नेपाल प्रेस युनियनल महासंघको केन्द्रीय कार्यालयमा राति साढे १० बजे तालाबन्दी गरेको युनिनयनका महासचिव दिलिप पौडेले बताए महासचिव पौडेलले  भने, ‘नेपाल पत्रकार महासंघको सदस्यता वितरणप्रति महासंघका शाखा प्रदेशहरूले टुंग्याएर पठाएको थियो तर, केन्द्रले जिल्ला शाखा, प्रदेश शाखा प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन पक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको   उनले युनियनले यस घटनाप्रति घोर भर्त्सना गर्दै महासंघको केन्द्रीय नेतृत्वको जबरजस्ती कब्जाको नीति कायम राखेसम्म तालाबन्दी कायमै रहने बताए

महासंघका जिल्ला, प्रदेश प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्यता विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी  दिए पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह तर यदि यो अन्तिम आग्रहलाई पनि बेवास्ता गरे महासंघको निर्वाचनको प्रक्रियामा भाग नलिइ देशव्यापी आन्दोलनमा उत्रिन्छौं

उनले  महासंघको निर्वाचन गराउनका लागि बनेको पुर्वअध्यक्षहरूको निर्देशक समितिले आफ्नो हैसियत बिर्सिएर कुनै राजनीतिक दलको भेलामा जाने फेरि महासंघमा आएर क्रियाशील पत्रकारहरूलाई हटाउने हर्कत गरिरहेको  आरोप लगाए उनले भने, ‘अहिले महासंघको चुनाव गराउन पुर्वअध्यक्षहरूको निर्देशक समिति बनेको उक्त निर्देशक समितिका सदस्यहरू आफ्नो हैसियत बिर्सिएर कुनै पार्टीको भेलामा जाने त्यहाँबाट आएर महासंघलाई कब्जा गर्ने तरिकाले क्रियाशील पत्रकारहरूलाई हटाउने काम गरिहरेका छन्यसलाई निर्वाचन समितिले वैधता दिन खोजिरहेको यसैको विरोधमा हामीले केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु परेको हो

विशेषगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा महासंघका पुर्वअध्यक्ष गोविन्द आचार्यले गृह मन्त्रालयको निर्देशक समिति मार्फत महासंघ कब्जा गर्ने गरी निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गरेको उनको आरोप   ‘ देशभरका क्रियाशील पत्रकारको आवेदन उजुरीलाई लत्याएर गृह मन्त्रालयको निर्देशक समितिमार्फत निर्वाचन समितिले मतदाता नामावली सार्वजनिक गर्नु गलत हो यसको प्रेस युनियन घोर भर्त्सना गर्दछ महासंघ कब्जा गर्ने नीति हामीलाई कदापी स्वीकार्य हुनेछैन मान्नेछैनौ विधि प्रक्रियाबाट सदस्यता कायम गर्न हामी पुनः महासंघसँग आग्रह गर्दछौं

पत्रकार महासंघका अध्यक्ष महासचिवलाई गत असार भेटेर सदस्यता विवाद सच्याउन २४ घण्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउँदा भोलिपल्ट उजुरीका आधारमा महासंघको सदस्यता कायम गर्ने आश्वासन दिएको थियो

सम्बन्धित समाचार