२०८३ बैशाख २० गते , आईतबार

आइतबारसम्म मनसुन सक्रिय रहने

sajilo news
परिवेश मिडिया
२०८१ असार १४ गते , शुक्रबार
आइतबारसम्म मनसुन सक्रिय रहने

झापा आज शुक्रबारदेखि आइतबारसम्म मनसुनी वर्षा थप सक्रिय हुने जल तथा मौसम विजान विभागले जनाएको मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट नेपाल नजिक सरेकाले देशभर नै यसको प्रभाव देखिने

मनसुनी वायुको प्रभावले असार १४ गतेदेखि असार १६ गतेसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

साथै गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश कर्णाली प्रदेशका एकदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना गण्डकी लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

त्यसैले महाशाखाले विशेष बुलेटिन जारी गर्दै शुक्रबारदेखि आइतबारसम्म भारी वर्षा, बाढीपहिरो डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन भनेको त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने महाशाखाको प्रक्षेपण

आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएकाले बाढी पूर्वानुमान महाशाखाले पनि बुलेटिन जारी गरेर कोशी, नारायणी यसका प्रमुख सहायक नदीहरूमा जलसतह बढ्ने जनाएको

इलाम, झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा आसपास भई बहने साना नदीहरुमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बाढी आउने पूर्वानुमान रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले भनेको

नेपालमा गत जेठ २८ गते मनसुन भित्रिएको थियो त्यसयता बाढी पहिरोमा परी २८ जनाको मृत्यु भइसकेको

सम्बन्धित समाचार