२०८३ बैशाख २० गते , आईतबार

बिर्तामोड नगरपालिकाद्वारा कृषि सामाग्री हस्तान्तरण

sajilo news
परिवेश मिडिया
२०८१ असार १३ गते , विहीबार
बिर्तामोड नगरपालिकाद्वारा कृषि सामाग्री हस्तान्तरण

बिर्तामोड बिर्तामोड नगरपालिकाले कृषक तथा व्यवसायीहरुलाई विभिन्न प्रकारका सामग्री वितरण गरेको

नगरपालिकामा आज आयोजित कार्यक्रममा दुग्ध डेरी उद्योगका लागि आवश्यक चिलिङ्ग भ्याट सहित, मिल्क क्यान, काउम्याट, बाख्रा तथा बंगुरका दाना पिसाउने मेशिन वितरण गरिएको हो

चिलिङ्ग भ्याट वटा, मिल्क क्यान वटा, दाना पिसाउने मेशिन वटा काउम्याट २२ जनालाई देखि थानका दरले ११ लाख ६८ हजार सय रुपैयाँ बराबरको सामग्री वितरण गरिएको हो उल्लेखित सामग्रीमा कृषक तथा व्यवसायीहरुको ५० प्रतिशत लागत साझेदारी रहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिइन्

उक्त सामग्री नगर प्रमुख पवित्रा महतारा प्रसाई, उप प्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कार्यपालिका सदस्य संगिता सिवा, सिता विश्वकर्माले हस्तान्तरण गरेका थिए  

कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरले प्रदान गरेको सामग्रीको सहि सदुपयोग गर्न आग्रह गरिन् कृषि क्षेत्रमा नगरपालिकाले हरेक वर्ष विभिन्न प्रकारको सहयोग गर्दै आएको बताउँदै उनले उत्पादनमा जोड दिन आग्रह गरिन्

सम्बन्धित समाचार