२०८३ बैशाख २० गते , आईतबार
अटोको ठक्करबाट वृद्धको मृत्यु
बिर्तामोड । झापाको कनकाई नगरपालिका-३ पशुपति बोर्डिङ नजिक अटोको ठक्करबाट एक जना वृद्धको निधन भएको छ । प्र.१-०१-००१ह ७७३८ नम्बरको अटोको ठक्करबाट कनकाई-३ सुरुङ्गा निवासी ६० वर्षीय ओमप्रकाश भेट्वालको निधन भएको हो ।
मङ्गलबार बिहान १०:३० बजे मदरगाछबाट सुरुङ्गा आउँदै गरेको अटोले पैदल यात्री भेट्वाललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । अटोको ठक्करबाट घाईते भेट्वाललाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा ११:३० बजे निधन भएको प्रहरीले जनाएको छ ।
अटो र चालक कनकाई-५ मदरगाछ बस्ने बर्ष ४२ को टिकाराम उप्रेती ईलाका प्रहरी कार्यालय सुरुङगाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।