२०८३ बैशाख २० गते , आईतबार
गौरीगञ्जमा चट्याङ लागेर गौरादहका गिरीको निधन
बिर्तामोड । गौरीगञ्जमा मङ्गलबार बिहान परेको चट्याङ लागेर झापाको गौरादह ८ निवासी लीला भनिने विकास गिरीको निधन भएको छ ।
गौरीगञ्ज-३ ठेकिटोलामा स्थानीय सिताराम दाहालको खेतमा धानको बिउ उखेल्ने क्रममा बिहान ८:४५ बजे परेको चट्याङ लागेर गिरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गएको टोलीले घटनाको कानुनी प्रक्रिया पूरा गर्नुका साथै थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।