२०८३ बैशाख २० गते , आईतबार

जन्मोत्सवमा पत्रकारलाई लेखनवृत्ति प्रदान

sajilo news
परिवेश मिडिया
२०८१ असार १० गते , सोमबार
जन्मोत्सवमा पत्रकारलाई लेखनवृत्ति प्रदान

बिर्तामोड मानिसहरू आफनो जन्मदिन विभिन्न ढंगले मनाउने गर्दछन् कसैले जन्मदिन महंगो खर्चमा पार्टी गरेर मनाउँछन कसैले सामाजिक कार्य गरेर मनाउने गर्दछन् कतिपयले जन्मदिनमा रचनात्मक काम गरेर समाजलाई फरक सन्देश दिन्छन्

आफ्नो जन्मोत्सवमा त्यही सन्देश प्रवाह गरेकी छिन् नारी संचार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहालले उनले आफनो जन्मदिनको अवसरमा महिला पत्रकारलाई प्रोत्साहन स्वरुप लेखनवृत्ति प्रदान गर्दै जन्मदिन मनाएकी हुन्   संस्थाकी संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारको क्षमता, दक्षता अभिवृद्धि तथा लेखनवृत्तिका लागि नगद पुरस्कार प्रदान गरी अनुकरणीय कार्यको थालनी गरेकी हुन्

जन्म दिनको अवसरमा आज पहिलो पटक उनले भद्रपुर नगरपालिका निवासी  बरूण साप्ताहिककी प्रकाशक तथा नारी संचार गृहकी कार्यसमिति सदस्य, पत्रकार इशा प्रधानलाई पाँचहजार प्रदान गर्दै अनुकरणीय कार्यको शुरुवात गरेकी हुन् ईशा नारी सञ्चार गृह झापाकी संस्थापक सदस्य माया पकवालकी छोरी हुन् पकवालले सम्पादन तथा प्रकाशन गर्दै आएको बरुण साप्ताहिकलाई आमाको निधन पछि ईशाले निरन्तरता दिंदै आएकी छन् शिक्षण पेशामा रहेकी ईशाले आमाको निधनपछि पत्रिका प्रकाशन गर्दै आएकी हुन लेखनवृत्ति प्राप्ति पछि बोल्दै पत्रकारितामा आउँछु भन्ने सोच नभएको बताइन परिबन्धले पत्रकारितामा आएपनि अब भने यसैलाई निरन्तरता दिने उनको भनाई थियो

सो क्रममा लेखनवृत्ति प्रदान गर्दै संस्थापक अध्यक्ष दाहालले महिला पत्रकारलाई पत्रकारिता क्षेत्रमा प्रोत्साहन गर्दै लेखकीय क्षमता वृद्धिका लागि उत्प्रेरित गर्ने उद्देश्यले जन्मदिनमा आफूले सानो प्रयास गरेको दाहालले बताइन्   आफनो हरेक जन्मोत्सवमा पाँच बर्षसम्म यस कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाइन

सम्बन्धित समाचार