२०८३ बैशाख २० गते , आईतबार

बिष्ट हत्या प्रकरणमा संलग्न अनुसन्धान अधिकृत नेम्बाङ सर्वोत्कष्ट घोषित

sajilo news
परिवेश मिडिया
२०८१ असार १० गते , सोमबार
बिष्ट हत्या प्रकरणमा संलग्न अनुसन्धान अधिकृत नेम्बाङ सर्वोत्कष्ट घोषित

बिर्तामोड । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुहमा कार्यरत प्रहरी निरीक्षक बबिन्द्र नेम्वाङ जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । नेम्बाङ झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ शिवनगर टोल निवासी  विष्णुकुमारी बिष्ट हत्या प्रकरणको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत हुन ।
नेम्बाङले कुशलतापूर्वक ६७ वर्षीया विषयको हत्यामा संलग्न ६ जनालाई पक्राउ गर्न सफल भएको भन्दै उत्कृष्ट घोषित गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
नेम्बाङ नेतृत्वको टोलीले सिआइबी, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडसँगको समन्वयमा तीन हप्ताको गहन अनुसन्धानपश्चात बिर्तामोड-४ का २१ बर्षीय गंगाप्रसाद राजवंशीसहित ६ जनालाई पक्राउ गर्न सफल भएको थियो ।  

सम्बन्धित समाचार