२०८३ बैशाख २० गते , आईतबार

ग्यारेजमा आगलागी हुँदा नौ लाख बराबरको क्षति

sajilo news
परिवेश मिडिया
२०८१ असार ९ गते , आईतबार
ग्यारेजमा आगलागी हुँदा नौ लाख बराबरको क्षति

बिर्तामोड । झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११  नयाँ बसपार्क स्थित पदम बडी निर्माण ग्यारेजमा आगलागी भएको छ । आइतबार बिहान करिब ७:३५ बजे भएको आगलागीबाट ग्यारेज पूर्ण रुपमा क्षति भएको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर ३ बस्ने कमल कालिकोटेले संचालन गरेको  ग्यारेजमा अचानक विद्युत सर्ट भई आगो लाग्दा ग्यारेज भित्र रहेको गाडीको पाटपुर्जा, ग्यारेजको टहरो पुर्ण रुपमा जलेर नष्ट हुँदा करिब नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा ८ बजे आगो पूर्णरूपमा नियन्त्रण मा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

सम्बन्धित समाचार