इलाम-झापाको वार्षिक कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न
बिर्तामोड । इलाम झापा मैत्री समाजले कार्यनीति तथा वार्षिक कार्ययोजना तर्जुमा कार्यशाला सम्पन्न गरेको छ।
समाजले शनिबार बिर्तामोडस्थित इन्द्रेणी व्याङकेटमा कार्यक्रम सम्पन्न गरेको हो ।
संस्थाको लक्ष्य र उद्देश्य सहज र समयमा प्राप्त गर्न सहज होस भन्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको संस्थाकी अध्यक्ष तिलोत्तमा खत्रीले जानकारी दिइन। कार्ययोजना बिनाको संस्था र लगाम बिनाको घोडा उस्तै हुने भन्दै अध्यक्ष खत्रीले कार्ययोजना निर्माण पछि संस्था स्वचालित प्रणालीमा सञ्चालन हुने विश्वास व्यक्त गरिन् ।
मेची क्याम्पस भद्रपुरका प्राध्यापक डा. कुमार सुवेदी र ट्रष्ट टीम नेपालका अध्यक्ष खिवराज दाहालले कार्यशालाको सहजीकरण गरेको समाजका उपाध्यक्ष नरेश कर्माचार्यले जानकारी दिए ।
कार्यक्रममा समाजका भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर र बिर्तामोड नगर समिति र जिल्लासमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको महासचिव दिनेश भट्टराईले बताए ।
इलामबाट झापा आएर स्थायी तथा अस्थायी बसोबास गरिरहेका मानिसहरूलाई संगठित गरी विभिन्न सामाजिक काम गर्ने उद्देश्यले स्थापित इलाम-झापा मैत्री समाज एक दशकदेखि झापामा क्रियाशील रहेको छ ।