२०८३ बैशाख २० गते , आईतबार

ताप्लेजुङमा विपद्ले निम्त्याएको आपत : ९ दिनमा ३८४ जना विस्थापित

sajilo news
परिवेश मिडिया
२०८१ असार ५ गते , बुधबार
ताप्लेजुङमा विपद्ले निम्त्याएको आपत : ९ दिनमा ३८४ जना विस्थापित

झापा मनसुनी वर्षा सुरु भएको जेठ २७ गतेपछि हिमाली जिल्ला ताप्लेजुङमा ८१ घरका ३८४ जना विस्थापित भएका छन् यो अवधिमा पाँच जनाको ज्यान गएको

जिल्ला प्रहरी कार्यालयका अनुसार यो अवधिमा ८४ वटा पशुचौपाय मरेका छन् भने चारवटा सवारी साधनमा क्षति पुगेको पहिरोमा परी फक्ताङलुङ गाउँपालिका खेजेनिमका जसमाया लिम्बू उनका दुई छोरी गंगा जमुना गरी तीन महिला, रामबहादुर साम्रा पाँचथर फिदिम नगरपालिका १४ घर भएका सविन राई गरी दुई पुरुषको मृत्यु भएको हो राईको विद्युत उत्पादन कम्पनीमा काम गर्नेक्रममा ताप्लेजुङकै याम्फुदिनमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवी रावलले जानकारी दिए

पहिरोमा परी घाइते भएका खेजेनिमका युगेन साम्रा उनका छोरी उपचारपछि घर फर्किएका छन् पहिरोबाट सिरिजंगा, सिदिङ्वा, मिक्वाखोला फक्ताङलुङ गाउँपालिकाका मानिसहरु विस्थापित भएका छन् पहिरोले वटा घरमा पूर्ण क्षति र्पुयाएको रावल बताउँछन् यी घरमा बस्ने १७ महिला १८ पुरुष गरी ३५ जना पूर्ण विस्थापित भएको प्रहरी तथ्यांकमा उल्लेख १८ वटा घर पहिरोको पूर्ण जोखिममा छन् यी घरका ५२ महिला ४२ पुरुष गरी ९४ जना विस्थापित भएको प्रहरीले जनाएको ५५ वटा घर पहिरोको जोखिममा छन् पशुचौपायमध्ये सबैभन्दा बढी क्षति बाख्रा खसीको भएको

खेजेनिमको एउटा बाख्रा फर्म नै रित्तिएको वडाध्यक्ष भुपेन्द्र चौलागाईले बताए पहिरोले नौवटा गोठमा क्षति पुर्याएको बाढी पहिरोका कारण नौ दिनमा दुई काठको पुल, एक झोलुङगे पुल, एक निर्माणाधीन झेलुङगे पुल मान्छे हिँड्न सिमेण्टेड गरेर बनाएको एक गरी पाँच वटा पुलमा क्षति पुगेको

सदरमुकाम फुङलिङबाट पूर्व, पश्चिम उत्तरतर्फका छवटा सडक अवरुद्ध भएका छन् तीमध्ये तीनवटा खुलाइसकिएको तीनवटा खुलाउने प्रयास भइरहेको स्थानीय तहले जनाएका छन् एउटा क्रसर, एउटा माइक्रो हाइड्रो, सिरिजंगा गाउँपालिका मामांखेमा रहेको एउटा लिम्बू संग्रहालयमा क्षति पुगेको गाउँमा ठूलो संख्यामा अलैचीं बालीमा क्षति पुगेको स्थानीयले बताएका छन्

सम्बन्धित समाचार